
झापाको सताक्षी खोलामा दुई बालबालिकाको शव फेला, पौडी खेल्ने क्रममा डुबेको आशङ्का
- श्रावण २७, २०७९ मा प्रकाशित
झापा / झापाको सताक्षी खोलामा बिहीबार राति दुई जना बालबालिकाको शव फेला परेको छ । दुवै जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर भएको हुनसक्ने प्रहरीको अनुमान छ । झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार शिवसताक्षी नगरपालिका–७ स्थित सताक्षी खोलामा एक बालिका र एक जना बालकको शव फेला परेको हो ।
पौडी खेल्ने क्रममा डुबेर शिवसताक्षी–९ आइतबारे बस्ने ११ वर्षीया एञ्जिला सुन्दास र अन्दाजी १२ वर्षीय सिकुम राईको मृत्यु भएको हुनसक्ने उनले बताए । दुवै जना पौडी खेल्न भनेर बिहीबार दिउँसो ४ बजेतिर घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राति अवेरसम्म घर नफर्किएपछि प्रहरीको सहयोगमा आफन्त र परिवारका सदस्यले खोजी थालेका थिए ।डिएसपी पाठकका अनुसार खोजतलास गर्दै गर्दै जाँदा उनीहरुले लगाएको कपडा र चप्पल कन्काई सिँंचाई नहरको डिलमा राति ८ः१५ बजेतिर फेला परेको थियो ।
स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा प्रहरीले डुबेर मृत्यु भइरहेको अवस्थामा राति ९ः१५ बजेतिर दुवै जनाको शव फेला पारेको हो । बालबालिकाको शव कपडा र चप्पल भेटिएको स्थानबाट करिब चार किलोमिटर पश्चिमको सताक्षी खोलामा भेटिएको डिएसपी पाठकले बताए । पानीमा डुबेर मृत्यु भइरहेको अवस्थामा बालक र बालिकाको शव फेला परेको जानकारी उनले दिए ।
नहरमा कपडा र चप्पल भेटिनु तथा चार किलोमिटर परको खोलामा शव भेटिएपछि घटनालाई शङ्कास्पद मानिएको छ । दुवै शव पोस्टमार्टमको तयारी गरेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको पाठकले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments