
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद, एक करोड २२ लाख जरिवाना
- फाल्गुन १, २०८१ मा प्रकाशित

इटहरी । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारको दोषी ठहर भएका छन्। उनलाई सर्वोच्च अदालतले ६ वर्ष कैद सजायको फैसला गर्दै ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ। त्यसको दोब्बर अर्थात् १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ।
१० वर्षअघि काठमाडौँ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी हुँदा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। विशेष अदालतबाट सफाइ पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनरावेदनपछि सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्ट्याएको हो।
यसै प्रकरणमा नेकपा एमाले नेता निर्मल कुइँकेलसहित ९ जना दोषी ठहर भएका छन्। कुइँकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ। अदालतको फैसलासँगै पराजुली पदमुक्त भएका छन्। अन्य दोषीलाई पनि कैद तथा जरिवाना तोकिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments