
कारागारबाट फरार व्यक्ति १२ वर्षपछि पक्राउ
- माघ ३०, २०८१ मा प्रकाशित

धनगढी । हत्या अभियोगमा जेल सजाय काटिरहेका बेला कैलाली कारगारबाट १२ वर्षअघि फरार कैलालीको गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देवसिंह ठकुरी भनिने दीपकबहादुर सिंहलाई बुधबार कैलाली प्रहरीले पक्राउ गरेको छ। उनी ०६९ मा कैलाली कारगारबाट फरार भएका थिए । ठकुरीलाई बुधबार बिहान कञ्चनपुरको गड्डाचौकी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले कैलाली प्रहरीबाट खटिएको पाँच सदस्यीय टोलीले ठकुरीलाई पक्राउ गरिएको बताए ।
‘कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि कैद भुक्तान गरिरहेको समयमा ०६९ साल असोज २२ गते ठकुरी आँखाको उपचार गराउने बहानामा कैलाली कारागारबाट फरार भएका थिए,’ एसपी बिष्टले भने, ‘उनी भारतमा लुकेर बस्दै आएको अवस्थामा ०८० मंसिरमा भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय कारागारबाट धरौटीमा रिहा भएको खबर पाएपछि हामीले गड्डाचौकी टोली पठाएका थियौं ।’ ०८० मंसिरमा उनलाई बैंक तथा सुनचाँदी पसल लुटपाट गरेको अभियोगमा भारतीय प्रहरीले मुम्बईमा पक्राउ गरेको थियो ।
ठकुरीमाथि ०६२ असोज २ गते गोदावरीकै मानबहादुर सुनारको हत्या गरेको अभियोग छ । यस्तै ०६४ साल फागुन २४ गते गोदावरीकै भक्तबहादुर भनिने बमबहादुर साउँदलाई गोली प्रहार गरी हत्या गरेको मुद्दामा जिल्ला अदालत कैलालीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
ठकुरी ०६६ असार १० गते हातहतियारसहित पक्राउ परेका थिए । त्यसक्रममा पनि उनीविरुद्ध हाततियार तथा खरखजना मुद्दा पनि चलाइएको थियो । साथै उनीमाथि अपहरण तथा शरीर बन्धक अभियोग पनि छ । ०६५ असार १० गते धनगढी उपमहानरपालिकाको फूलबारीका शोभान टमटाको अपहरण गरेको अभियोग पनि उनीमाथि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments