•  ९ चैत्र २०८१
  •  8:14:29 AM

काठमाडौं उपत्यकामा एकै दिन २,७४१ सवारी चालकमाथि कारवाही

- श्रावण २६, २०७९ मा प्रकाशित



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन दुई हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् । बाँकी दुई हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर