
आदिवासी जनजातिमा सूचीकरणको माग गर्दै विराट राजवंशीद्वारा आन्दोलनको घोषणा
- फाल्गुन २, २०८१ मा प्रकाशित

इटहरी । राजवंशी समाज उत्थान समिति (विराट)ले आदिवासी जनजातिमा सूचीकरणको माग गर्दै आन्दोलनको घोषणा गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी समाजले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा छुट्टै सूचीकृत गर्नुपर्ने मुख्य माग राखेर आन्दोलन गर्ने चेतावनी सहितको कार्यक्रम घोषणा गरेको हो। उनीहरूले राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गर्नु पर्ने समेत माग गरेका छन्।
राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले फागुन ६ गते विराटनगरमा वृहत् भेला तथा र्याली गर्नुका साथै माग पुरा नभए २०८२ वैशाख देखि अनशन, सिटी जुलुस, चक्का जाम गर्ने चेतावनी दिए।आदिवासी विराट राजवंशीलाई समानुपातिक रूपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने, विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने, विराट राजवंशी जातिको उत्थानका लागि प्रत्येक तह र अङ्गहरूमा छुट्टै आरक्षणको व्यवस्था गर्नु पर्ने समेत उनीहरूको माग छ।
पत्रकार सम्मेलनमा उनले विराट राजवंशी जातिको प्रमुख बसोबास भएको विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगंगा र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्थाको पनि माग गरे।विराट राजवंशीका यी मागलाई राज्यसामु पुर्याउन फागुन ३ गते मोटरसाइकल र्याली र ६ गते १८ औ बृहत् भेला महेन्द्र चौक विराटनगरमा गर्न लागिएको राजवंशीको भनाई छ। विराट राजवंशी समुदायको पहिचान झल्काउने पहिरन, संस्कृति झल्काउने गरगहना लगाएर आन्दोलनका कार्यक्रममा सहभागी हुन उर्दी जारी गरिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments