[t4b-ticker]
Thursday, January 22, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पोलेको, तारेको मासु धेरै खाँदा हुनसक्छ क्यान्सर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज १४, २०८२ मा प्रकाशित
✅ स्वास्थ्य
पोलेको, तारेको मासु धेरै खाँदा हुनसक्छ क्यान्सर
21
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशुचौपायको बलि दिएर मासु खाने गरिन्छ।मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ। चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन्। मासु आफैँमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउँछन्।

याे पनिपढ्नुहाेस्

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसले रोग बढाउने उनले बताए। उनले भने, ‘बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ।’पकाउने तरिकामा विशेष ख्याल पुर्‍याउनुपर्ने सुझाव दिँदै उनले पोलेर र तारेर मासु प्रयोग नगर्न सजग गराएका छन्।चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै उनले थपे, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुन्छ।’

शाकाहारीले पनि धेरै मिठाई, पनिरजस्ता वस्तु खान नहुने उनले बताए। उनले भने, ‘मिठाई लामो समयदेखि बनाएर राखिएको हुन्छ, जसले स्वास्थ्यमा असर गर्छ ।’पनिर पनि धेरै खाँदा कोलेस्ट्रोल बढ्ने उल्लेख गर्दै उनले ठिक्क मात्रामा खान सुझाव दिएका छन्।बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताए।

उनले भने, ‘बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खाने गर्नुपर्छ।’बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम बढी हुने बताउँछन्।उनले भने, ‘तर धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउने खतरा हुन्छ।’

स्वस्थ तरिकाले मासु पकाएर खान उनको सुझाव छ।मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्। चितवन मेडिकल कलेज (सीएमसी)का डीएम इन्डो क्राइनोलोजिस्ट डा सौरभ खतिवडा अस्वस्थ तरिकाले पकाएको मासुले मानव स्वास्थ्यमा असर पर्ने बताउँछन्।बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने जानकारी दिँदै उनले भने, ‘मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने जोखिम हुन्छ।’

खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनुपर्ने उल्लेख गर्दै उनले बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहने बताए।उनले भने, ‘राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहन्छ।’बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उनले बताए।डा खतिवडाले भने, ‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ। बोसोरहित मासु, त्यो पनि कम खानुपर्छ।’

चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ, तर खानपिन र आहारविहारमा लापरबाही गर्ने चलन छ। अर्को कुरा, धेरै जना बिरामी मरणासन्न नहुँदासम्म अस्पताल वा स्वास्थ्य केन्द्रमा नजाने, सहेर बस्ने गर्छन्। खासगरी घरमा सबैजना जम्मा भएका बेला अरूलाई ‘डिस्टर्ब’ हुन्छ भनेर आफूलाई बेसरी छाती दुखे पनि वा श्वास फेर्न गाह्रो भए पनि सहने चलन छ, जसले गर्दा मुटु रोगीको जोखिम बढ्न जान्छ।

साथै यो बेला शारीरिक परिश्रम पनि बढ्छ र खानपिनका कारणले स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्छ, जसले गर्दा रोगले च्याप्न सक्छ।चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले मुटुरोग भन्नेबित्तिकै प्रेसर (हाइपरटेन्सन), सुगर (मधुमेह) र हाई कोलेस्ट्रोल (डिस्लिपिडिमिया) जस्ता रोगसँग जोडिने बताउँदै मुटु रोगसँगै सुगर, प्रेसर वा चिल्लोको मात्रा बढी भएको समस्या छ भने उनीहरूले खानपानमा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिए।

उनले भने, ‘यदि शुद्ध मुटुरोग मात्र छ र मुटु कमजोर छैन भने अरू बिरामीको जस्तो साधारण खानपिनमा धेरै बार्नु पर्दैन।’सामान्यतया, हामीले मुटु रोगीलाई चिल्लो र मासु धेरै नखान सल्लाह दिने गरेको उनको भनाइ छ। उनले भने, ‘धेरै चिल्लोले मुटुलाई असर गर्न सक्छ र पाचन शक्तिमा गडबडी ल्याउन सक्छ। पेट फुल्यो भने पनि त्यसले अप्रत्यक्ष रूपमा मुटुको कामलाई असर गर्न सक्छ।’

उनले दसैँमा खान र रमाउन सुझाव दिँदै स्वस्थकर खाना थोरै खान आग्रह गरे। उनले भने, ‘चिल्लो, छाला र बोसो नभएको मासु थोरै खान हुन्छ। मासु छुँदै नछुने वा जिब्रोको स्वादलाई ध्यानै नदिने भन्ने कुरा सामाजिक सञ्जालमा चर्चा पाए पनि, थोरै खानाले केही असर हुँदैन।’मधुमेह नियन्त्रणमा छ भने दिनमा एउटा वा दुईवटा मिठाई खाँदा फरक नपर्ने उनको सुझाव छ।

सम्बन्धित-समाचार

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम
काेशी

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी ।समुदायस्तरमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सुनसरीको इटहरीमा एकदिने प्रदेशस्तरीय सामुदायिक नर्सिङ तथा घरदैलो पैरवी कार्यक्रम सम्पन्न भएको...

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो
स्वास्थ्य

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

✍ सूचना पाेर्टल
पुस ३०, २०८२ मा प्रकाशित
0

जनकपुरधाम ।  पछिल्ला वर्षहरूमा धनुषाका अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्।  पायक पर्ने स्थानमा परिवार...

नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु

नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु

पुस ६, २०८२ मा प्रकाशित
निजी मेडिकल कलेजले मानेन निर्देशन : सरकारलाई उल्टै पत्राचार

निजी मेडिकल कलेजले मानेन निर्देशन : सरकारलाई उल्टै पत्राचार

अशोज २८, २०८२ मा प्रकाशित
विना कुनै सहमति डा. गोविन्द केसीले तोडे अनशन

विना कुनै सहमति डा. गोविन्द केसीले तोडे अनशन

भदौ १७, २०८२ मा प्रकाशित
डा. केसीले चार बुँदे माग राख्दै सुरु गरे सत्याग्रह

डा. केसीले चार बुँदे माग राख्दै सुरु गरे सत्याग्रह

भदौ १५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

माघ ८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष