इटहरी । चर्चित लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। इन्दिरा काठे भाकाकी चर्चित गायिका हुन्। क्यान्सर रोगको कारण गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी ५९ वर्षकी थिइन्।
उनका ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका गीत चर्चित छन्। तिनै गीतबाट उनले प्रख्याती पनि कमाएकी थिइन्।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्।
बुधबार नै बौद्ध परम्परा अनुसार उनको अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघले जनाएको छ।
अन्त्यष्ठिअघि श्रद्धान्जलीका लागि उनको शव राष्ट्रिय नाचघरमा राख्ने तयारी उनको दुई छोरी छन्। उनका पतिको पनि क्यान्सर रोगकै कारण केही वर्षअघि निधन भएको थियो।




























Discussion about this post