एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणविरुद्ध राजस्थानको भरतपुरमा एफआईआर दर्ता गरिएको छ।दुवै कलाकारविरुद्ध गुणस्तरहीन सवारीसाधनको ब्रान्डिङ गरिरहेको आरोप लगाइएको छ।
जाहेरीमा हुन्डाई कम्पनीका प्रबन्ध निर्देशक अन्सो किम, पूर्णकालीन निर्देशक तथा सीओओ तरुण गर्ग र सोरुम मालिकहरूको नाम पनि छ। यो जाहेरी हुन्डाई अल्काजारसँग सम्बन्धित छ।
राजस्थानका वकिलको निवेदनमा अदालतको आदेश
भरतपुर निवासी वकिल कीर्ति सिंहको निवेदनमा अदालतले एफआईआर दर्ता गर्न आदेश दिएको हो। मथुरा गेट प्रहरी चौकीमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
कीर्ति सिंह भन्छन्, ‘मैले जुन २०२२ मा २३.९७ लाख रुपैयाँको मूल्यमा कार किनेको थिएँ। यो गाडीको लागि मैले एचडीबी फाइनान्सियल सर्भिसेजबाट ऋण लिएँ र बाँकी रकम नगदमा तिरेका थिएँ। कम्पनीले १४ जुन २०२२ मा कार डेलिभरी गरेको थियो।’
‘ओभरटेक गर्दा कारले पिकअप लिँदैन’
वकिलको आरोप छ– ‘राजमार्गमा ओभरटेक गर्दा कारले पिकअप लिँदैन, केवल आरपीएम बढ्छ र ओडोमिटरमा खराबीको संकेत देखा पर्न थाल्छ। छ÷सात महिनापछि कारमा प्राविधिक त्रुटि अझ बढ्यो।’




























Discussion about this post