[t4b-ticker]
Saturday, January 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

शोले : पुरानो कथ्य तोड्दै कसरी सर्वकालीन बन्यो ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन ३१, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
शोले : पुरानो कथ्य तोड्दै कसरी सर्वकालीन बन्यो ?
30
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । आजभन्दा ठीक ५० वर्षअघि भारतको स्वतन्त्रता दिवसमा रमेश सिप्पी निर्देशित शोले रिलिज भएको थियो । मितिका आधारमा यो पुरानो फिल्म हो । तर बलिउडका ब्लकबस्टरहरू समयसँगै धमिलिँदै जाँदा ुशोलेुको विरासत ताजै छ ।

आजसम्म आइपुग्दा यो फिल्म अब फिल्म मात्र रहेन । एउटा अनुभव बनेको छ । अनुभूति बनेको छ । बुमर, जेन एक्स, मिलेनियल्स, जेन जी –यी हरेक पुस्ताले यसलाई आफ्नै नजरले हेर्छ । र, त्यसमा आफ्नै प्रतिबिम्ब देख्छ ।भनौं, यो फिल्मले हरेक पुस्तासँग मित्रता गर्न जानेको छ । र ती सबैसँग जय(वीरूको दोस्तीजस्तै घुलमिल हुन सकेको छ ।

याे पनिपढ्नुहाेस्

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

७० को दशकको ‘मसाला फिल्म’ शोलेको संवाद, निर्देशन र प्राविधिक पक्षमाथि दशकौंदेखि चर्चा हुँदै आएको छ । तर मुख्यतस् यस फिल्मले मनोरञ्जनको बाटोमा हिँडेरै समाज र हिन्दी सिनेमाका पुरानो ढर्राहरूलाई चुनौती दिएको थियो ।

किनकि स्वतन्त्रतापछिका भारतीय फिल्महरूको कथाहरू प्रायः निर्धारित ढाँचाका हुन्थे । तर शोलेले वर्षौंदेखि फिल्मी कथाको हिस्सा बनेका बलिउडका पुराना रूढिवादी धारणा, साँघुरो सोच र स्टेरियोटाइप्सलाई तोडिदियो ।यही कारण, ५० वर्षपछि पनि शोले पुरानो वा समयभन्दा पछाडिको फिल्म लाग्दैन ।

जय-वीरू :  जब चोर बने चौकीदार

केही अपवादहरूलाई छोड्ने हो भने, शोलेभन्दा अघिका बलिउड हिरोहरू प्रायः दाग(धब्बारहित, नैतिकताका प्रतिमूर्ति र आदर्शवादी साँचामा ढलेका हुने गर्थे । शोलेले यो परम्परागत आदर्श ढाँचालाई तोडिदियो ।किनकि फिल्मका मुख्य पात्रहरू जय र वीरू जेलबाट छुटेका, चोर र बदमास थिए । उनीहरूको विगत कतै सफा थिएन । उनीहरू रक्सी पिउँथे, झूट बोल्थे र ठग पनि थिए ।

तर जब ठाकुर बलदेव र रामगढको आशा यी दुईमा टिक्यो, तब उनीहरू बदलिएनन् मात्रै, बरु खतरनाक गब्बर सिंहको अगाडि डटेर उभिए । नायक त्यो होइन जो दागविहीन होस्, बरु त्यो हो, जसले आफ्नो विगतलाई पछाडि छोडेर आफ्नो भित्रको उज्यालोलाई जगाउँछ ।यसरी ‘बदमास’ भएर पनि उनीहरूले गाउँको रक्षा गरे । दोस्ती निभाए । र, मानवता देखाए । चोरबाट चौकीदार बने ।

मित्रतामा नयाँ परिभाषा

फिल्मका लेखक जावेद अख्तर स्वयं पनि शोलेभन्दा पहिलेका बलिउड फिल्महरूमा पुरुषको दोस्ती धेरै हदसम्म प्रेमी(प्रेमिकाजस्तो हुने गर्थ्यो भन्ने मान्छन् । तर उनले शोलेमा यो कुराको ब्रेक लगाए ।

शोलेमा जय(वीरू एकअर्काको खिसी गर्थे । जिस्क्याउँथे । झगडा गर्थे । तैपनि अप्ठ्यारोमा सँगै रहन्थे । यस्तो वास्तविक जीवनसँग मेल खाने मित्रताको केमिस्ट्री पहिलो पटक शोलेमा नै देखिएको थियो । जसले ‍पछिका धेरै हिन्दी फिल्महरूलाई प्रभावित गरेको देख्न सकिन्छ ।

बसन्ती :  गाउँकी ‘वर्किङ वुमन’

त्यो बेलासम्म हिन्दी कमर्सियल फिल्महरूमा प्रायः शहरकी वा गाउँकी हिरोइन केवल ‘प्रेमिका’ मात्र हुन्थिन् । ‘वर्किंग वुमन’ अर्थात् काम गर्ने महिला हुन्थिनन् ।तर रामगढकी बसन्ती (हेमा मालिनी) ड्राइभिङ सिटमा महिला पनि हुन सक्छिन् भन्ने देखाइन् । उनी घरको चार घेराबाट बाहिर निस्केर बाहिर काम गर्थिन् ।

इज्जतका साथ कमाउँथिन् । र, लजालु नायिकाहरू भन्दा फरक भएर कसैसँग नडराई आफ्नो कुरा भन्थिन् ।यसरी शोलेले नायिकालाई ग्लामरमा सीमित नगरेर एक कामकाजी महिला देखाएको थियो ।

परम्पराभन्दा बाहिरको महिला प्रेम

निर्देशक सिप्पीले आफ्नो अघिल्लो फिल्म ‘अन्दाज’मा पनि विधवा महिलाको प्रेमको कुरा गरेका थिए । त्यो समयको समाजमा प्रायः यस्ता महिलाहरूको लागि प्रेम, श्रृंगार वा जीवनको नयाँ सुरुवातको कथा कमै हुन्थ्यो । यद्यपि अन्दाजुको कथा नै त्यही थियो ।तर शोलेजस्तो मसलेदार फिल्ममा पनि सिप्पीले राधा (जया बच्चन) को चरित्रमार्फत प्रेम उमेर, परिस्थिति वा समाज अनुसार हुँदैन भनेर स्षट भनेका छन् ।

फिल्ममा एक ससुरा आफ्नी विधवा बुहारीको फेरि विवाह गराउने प्रयास गर्छन्, त्यो पनि एक यस्तो मान्छेसँग जो अपराधी थियो । जुन आफैंमा प्रगतिशील सोच र परम्पराभन्दा बाहिर जाने विद्रोह थियो ।

गब्बर सिंह–खलनायकभन्दा बढी

शोलेभन्दा पहिलेका हिन्दी सिनेमामा अविस्मरणीय खलनायकहरू आइसकेका थिए । तर शोलेको खलनायक गब्बर सिंह त्यो समयका लागि बिल्कुलै नयाँ र क्रान्तिकारी थिए ।

प्रायः सुटबुटमा देखिने सहरी शैलीका खलनायकहरूभन्दा गब्बर सिंह पूरै फरक थियो । ऊ जंगलमा बस्ने, धुलोले लतपतिएको र निर्मम डाकु थियो । आफ्नै ग्याङका साथीहरूलाई पनि नसोची मारिदिने खलनायक थियो ।

गब्बरसिंहले ठाकुरको पूरै परिवारको हत्या गर्छ । तर रगत नदेखाई पनि गब्बरको छवि यति भयानक र गहिरो बनाइएको छ कि उनलाई ५० वर्ष बितिसकेपछि पनि भारतीय सिनेमाको सबैभन्दा ठूलो खलनायक मानिन्छ ।………

एउटै फिल्ममा धेरै विधा समेट्ने बलिउडको विशेषता पुरानै हो । त्यो कुरा शोलेमा पनि छ । तर एक्सन, रोमान्स, कमेडी, इमोसन, थ्रिल सबै भावनाहरूलाई शोलेमा बेजोड तरिकाले सन्तुलन गरिएको छ ।

यसको सिनेम्याटोग्राफी, ब्याकग्राउन्ड स्कोर, एडिटिङ र कथाको तालमेल उस्तै छ । जसमार्फत हिन्दी सिनेमाका धेरै स्टेरियोटाइप्सलाई ध्वस्त गर्दै शोले सर्वकालीन बनेको छ ।

सम्बन्धित-समाचार

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
मनाेरञ्जन

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
0

इटहरी । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता...

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?
मनाेरञ्जन

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

✍ सूचना पाेर्टल
पुस २७, २०८२ मा प्रकाशित
0

इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन...

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

पुस २६, २०८२ मा प्रकाशित
फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

पुस १४, २०८२ मा प्रकाशित
बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

पुस १३, २०८२ मा प्रकाशित
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

पुस ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष