झापा । झापामा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ। कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह हुँदा आज बिहान एउटा जंगली हात्ती मरेको हो।
डिभिजन वन कार्यालय झापाका वन अधिकृत जीवन पाठकका अनुसार गएराति हात्तीले विजुलीको पोलमा धक्का दिँदा पोलमा जोडिएको विजुलीको तार जमिनमा खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो।
करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको उनले बताए। घटना अनुसन्धानका लागि डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको छ।
Discussion about this post