इटहरी डेस्क । एएफसी एसियन कप २०२७ को छनोटअघि हङकङसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ जाने नेपाली टोलीको बिदाइ गरिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको हो।
खेलाडीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सकेसम्म जितेर आउन र नसके बराबरीमा रोकेर आउन शुभकामना दिए।
टोलीलाई मन्त्री चौधरी, एन्फा महासचिव किरण राईसहितका पदाधिकारीले बिदाइ गरेका थिए। छनोटका लागि २३ खेलाडीसहित ३८ सदस्यीय टोली हङकङ जानेछ।
एसियन कप छनोट र हङकङसँगको मैत्रपूर्ण खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन्। नेपालले बिहीबार हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। त्यसपछि नेपालले जुन १० मा लाओसविरुद्ध छनोट खेल खेल्नेछ।
Discussion about this post