इटहरी डेस्क । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ ।पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, उपत्यकाका विभिन्न सात ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ ।अध्यक्ष राजेन्द्र लिङ्देन भने मैतीदेवीबाट निस्कने जुलुसमा सहभागी हुने उनले बताए ।
‘विभिन्न सात ठाउँबाट जुलुस निक्लिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षज्यू मैतीदेवीबाट सुरु हुने जुलुसमा सहभागी हुनुहुनेछ ।’राप्रपासहितको समर्थनमा आज उपत्यकामा राजावादीहरूले प्रदर्शन गर्दैछन् ।
Discussion about this post