भर्खरका समाचार
  • इटहरीमा बालबालिकाको प्रतिभा प्रस्तुतिः वडाध्यक्ष पोखरेल भन्छन् – “हामी बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउँछौं”
  • एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि
  • माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
  • न्यायाधीशमाथि मोसो दल्ने कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतको प्रदर्शन, ७ जना गिरफ्तार
  • पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ
  • सदनमा गृहमन्त्रीको जवाफ: भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियो
  • मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप, ५० लाखसम्म बार्गेनिङ , बिराटनगरका देव लिम्बु सहित तीन जना पक्राउ
  • नेपालमा काेराेना : एक सातामा ५ जनामा संक्रमण, सकृीय संक्रमीतकाे संख्या १६ पुग्याे
  • मेयर बालेनविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी , लिफ्ट जडानमा भ्रस्ट्रचार भएकाे दाबी
  • सर्लाहीकाे चक्रघट्टाका पूर्व अध्यक्षसहित १० जनाविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा
  • आलमलाई सफाइ दिने न्यायाधीशमाथि दलीयाे मोसो
  • कैलालीमा अभियुक्त समात्न प्रहरीले चलायाे गाेली
  • एयर इण्डिया जहाज दुर्घटना : कम्तीमा १३३ जनाको मृत्यु, कहाँ–कहाँका थिए नागरिक ?
  • उपमेयर डंगोल र मेयर बालेनले तोडे संवादहिनता : कार्यपालिका वैठक र नगरसभा डाक्न सहमत
  • पूर्व–पश्चिम राजमार्ग सात घण्टादेखि बन्द, गर्मीमा यात्रुको बिच्चली
  • झापाकाे बेग्ला बेग्लै स्थानमा तीन जना मृत फेला
  • बाराको टाँगिया बस्तीमा बिजुली बाल्दा युद्ध जिते जस्तो भयो : कुलमान घिसिङ
  • मुन्दुम पदमार्गलाई ‘तपोभूमि’ का रूपमा विकास गरिँदै
  • विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी
  • सरकारका प्रवक्ता भन्छन्–गृहमन्त्रीको राजीनामा आउँदैन
  • अनेरास्ववियुमा प्यानलको तयारी : प्रकाश पौडेलको समूहबाट महासचिवमा आरके रोमश
  • पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
  • माओवादीले खोल्यो जति पनि केन्द्रीय सदस्य थप्ने बाटो
  • महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा
  • निलम्बित मेयरका समर्थकले गरे राजविराज नगरपालिकामा तोडफोड
  • सर्वोच्चमा तीन न्यायाधीश नियुक्ति : कांग्रेस कोटाबाट पोखरेल, एमालेको सिट खाली
  • धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृत्यु
  • रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
  • अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
  • लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै
  • पूर्व राष्ट्रपति भण्डारी भन्छिन : कार्यकर्ताहरूसँग भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन
  • सुनसरी सहित ७२ जिल्लामा फैलियो डेङ्गी, कुन जिल्लामा कति छन संक्रमित ? सुचीसहित
  • संघीय अस्पतालमा दुई हजार बढी जनशक्ति थप्ने मन्त्रालयको तयारी
  • पूर्वमन्त्री रामकुमार सुब्बासहित तीन जनाविरुद्ध मुद्दा दर्ता
  • अनेरास्ववियुको नेतृत्व चयन प्रक्रिया आजबाट सुरू, को–को छन् अध्यक्षका आकांक्षी ?
  • स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौं ?
  • बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’
  • पोखराको बीच सडकमै युवकको शव फेला, छेउमै भेटियो हथौडा
  • बेगनास तालमा बेपत्ता श्रेष्ठको शव ३५ फिट गहिराइमा भेटियो
  • प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो उत्रिन वाईसीएललाई प्रचण्डको निर्देशन
  • प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घर–जग्गा कारोबारमा बैंक स्टेटमेन्टको व्यवस्था
  • नेपालमै पहिलो पटक ‘ट्रान्सजेन्डर’ व्यक्तिको लिङ्ग परिवर्तन
  • भारतमा ‘लिभिङ टुगेदर’ मा बसेकी नेपाली महिलाको विभत्स हत्या
  • टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, यी हुन् पहाडीसहित १८ प्रतिवादी (सूचीसहित)
  • कांग्रेस–माओवादी केन्द्रका नेताहरु संसद भवनमै छलफलमा
  • विरोधीहरु सत्ता गठबन्धनमा फाटो ल्याउन खेलिरहेका छन् : प्रधानमन्त्री
  • किमाथाङ्कामा बाढी : नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
  • भारतबाट फर्किनेमा धमाधम देखिँदै कोरोना संक्रमण
  • समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि एमाले पहिलो शक्ति बन्नुपर्छ : महासचिव पोखरेल
  • मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
  • कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई
  • वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत
  • अमेरिकामा एकै परिवारका चार नेपालीकाे गाेली हानी हत्या
  • झापामा पाहुना आएका दुई बालकको पोखरीमा डुबेर मृत्यु
  • सप्तकाेशीमा अभ्यास गर्दा गर्दै सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता
  • कृषि अनुदानमा भ्रष्टाचार, सचिव सिंहसहित तीन जना दोषी ठहर
  • एकीकृत समाजवादीले भन्यो–हामीमाथि प्रहार हुँदै आएको थियो, फेरि षड्यन्त्र भयो
  • Untitled
  • राजावादी समूहको नयाँ रणनीति : अब राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन
  • ‘निषेधित क्षेत्र घोषणाविरुद्ध राजावादीले लगेको रिट सर्वोच्चले दर्ता गर्न मानेन’
  • प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
  • संखुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो , खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
  • १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध , यस्ताे छ सुची
  • अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेशपछि माओवादीमा ‘खैलाबैला’ , केन्द्रीय कार्यालयको बैठक जारी
  • नेपाल भित्रीयाे काेराेना : भारतबाट फर्केका तीनजना नेपालीमा संक्रमण पुष्टि
  • विपक्षीलाई सत्तापक्षको प्रष्ट सन्देश : गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
  • फेसबुकमा मुख छाडेर हिंड्नेहरू पारिवारिक तनावमा हुन्छन् : प्रधानमन्त्री
  • काठमाडौंकेन्द्रित राजावादी आन्दोलन जिल्लातिर मोडियो , आम नागरिकहरू जाेडिन अनुराेध
  • घर–जग्गा कारोबारलाई कडाई गर्दै सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य
  • भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
  • ताप्लेजुङमा खुकुरी प्रहारबाट एकको मृत्यु, पाहुना आएका श्रीमान–श्रीमती फरार
  • राजावादी आन्दोलन नरोकिए राप्रपा नेताका सुरक्षाकर्मी हटाइनेछ : गृहमन्त्री लेखक
  • रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा
  • चल्न थाले सार्वजनिक यातायात, बढ्न थाल्यो चहलपहल
  • रवि लामिछानेले गरे रुपन्देहीबाट कारागार सरुवाको माग
  • महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
  • शेख हसिनाविरुद्ध ५ अभियोग, १३४ पृष्ठको आरोपपत्र दायर
  • झापामा करेन्ट लागेर जंगली हात्तीकाे मृत्यु
  • पोखराबाट आज पनि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर काठमाडौँ र चितवन पठाइयो
  • वीरगञ्ज नाका : १० महिनामा पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात
  • प्रचण्डकाे नक्कल गर्ने चर्चित कलाकार घनश्याम गौतमको निधन
  • भिजिट भिसा प्रकरण : अख्तियारमा सहसचिव भट्टराईको बयान सुरु
  • सहमती भएपनि बन्द यथावत राख्ने व्यवसायीकाे अडान , कहाँ मिलेन कुराे ?
  • प्रधानमन्त्री र अर्थमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
  • रास्वपाका कोशी प्रदेश सभापति तिम्सिनासहित दुई नेताको सदस्यता खारेज
  • रास्वपाको निष्कर्ष : गृहमन्त्री नैतिकता र कर्तव्यपालनमा चुके, राजीनामा दिनै पर्छ
  • ‘झुटा मुद्दा’ ले रवि थुनामा भन्दै रास्वपा वृहत हस्ताक्षर अभियानमा
  • सरकार र यातायात व्यवसायीबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन , आन्दाेलन यथावत
  • खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू
  • तथ्य–प्रमाणले गृहमन्त्रीलाई छोएको छैन, रिस उठेका भरमा राजीनामा मागियो : प्रधानमन्त्री
  • कांग्रेस बैठकमा देउवा: राजावादी योजनाबद्ध ढंगले आए, हामी पनि गम्भीर हुनुपर्‍यो
  • सूर्य थापाको प्रस्ताव : नोटमा पृथ्वीनारायण शाहको तस्वीर राखौं, इज्जत बढ्छ
  • सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
  • बेलबारीबाट चारदिनमा एकै गाउँका चारजना बालिका बेपत्ता , प्रहरी भन्छ खाेजी जारी छ
  • झापाकाे मेचीनगरमा चितुवा आतंक , स्थानीयले गुहार प्रसाशन
  • भाेजपुरमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा
  • पहिरोले उदयपुरका दर्जन बढि ग्रामीण सडक अवरुद्ध
  • २५० करोड हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख राय पक्राउ
  • ८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन
  • शारदा अधिकारीले ११ वर्षदेखि अलपत्र पारेको भक्तपुर–नगरकोट सडक स्तरोन्नति
  • प्रधानमन्त्री ओलीले भने – ‘राप्रपाले मलाई डर देखाउन खोजेको हो भने म डराएँ, पुग्यो, अब चुप लागेर बसे हुन्छ’
  • मन्त्रीको गाडी मेलम्ची खोलामा फसेपछि…
  • प्रचण्डलाई लिङ्देनको जवाफ– पैसा खुवाएर मान्छे ल्याएको आफ्नो अनुभव सुनाउनुभएको होला
  • भिजिट भिसामा गृहमन्त्रीको राजीनामा नआए संसद्लाई लडाइँको मैदान बनाउँछौँ : किराँती
  • गीतकार भूसालले ल्याए नयाँ दुई गीत, सन्देशले भरिपूर्ण
  • कांग्रेस नेता अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै
  • अण्डाको बढ्यो मूल्य, किसानलाई राहत
  • सरकारले निषेधित क्षेत्र तोकेपछि राजावादीले बनाए आन्दोलनको अर्काे रणनीति
  • दूधकोशी जलविद्युत् आयोजना : बजेट समावेशले निर्माण कार्यले गति लिने आशा
  • नेपाल प्रहरीका २८ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
  • आलोचनापछि गृहमन्त्रीले सच्याए निर्णय : अख्तियारका डीआइजीको दिउँसो सरुवा, साँझ फेरि फिर्ता
  • लेउती खोलाले बगायो सडक, कोशी राजमार्ग अवरुद्ध
  • यी हुन् धेरै बजेट पाउने भाग्यमानी मन्त्रालयहरू, शिक्षालाई सबैभन्दा बढी
  • बजेटबारे रास्वपाको प्रतिक्रिया : जेठमा फुकाउने र माघमा सुकाउने रोगको निरन्तरता
  • बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री
  • आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , यि हुन प्राथमिकतामा परेका क्षेत्रहरू
  • पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन
  • राप्रपाले ७ ठाउँबाट जुलुस निकाल्ने, लिङ्देन मैतीदेवीको जुलसमा सहभागी हुने
  • पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
  • आलमविरुद्ध प्रशस्त प्रमाण छन्, उच्चको फैसलाविरुद्ध सर्वोच्च जान्छौँ: सरकारी वकिल
  • भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
  • बजेट अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बस्दै
  • रत्नपार्क–भद्रकाली क्षेत्रमा बढाइयो सुरक्षा, यातायात आवागमन प्रभावित
  • ज्येष्ठ १९ देखि देशभर यातायात बन्द गर्ने व्यवसायीको घोषणा
  • असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारी छ : शिक्षामन्त्री
  • आयोजना बैंकमा निरन्तर छेडखानी : कानुन लत्याएर बजेटमा मनोमानी
  • युवा संघको चुनावमा १,४०४ भोट खस्यो, नतिजा आजै निकाल्ने तयारी
  • शेखरको प्रश्न : के बाध्यता आइपर्‍यो प्रधानमन्त्रीले जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?
  • माया घर नेपालमा खाद्यान्न वितरण गर्दै सौन्दर्य कला व्यवसायी संघ नेपालको १८औं वार्षिकोत्सव सम्पन्न
  • खोटाङ जिल्ला अस्पताल ३३ वर्षपछि ५० शैंयामा स्तरोन्नति
  • विद्यार्थीलाई पढाइसँगै सीप
  • पूर्वी नवलपरासीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
  • तीन तहको सरकार बन्नु मात्रै संविधान कार्यान्वयन होइन : कृष्णप्रसाद सिटौला
  • यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई
  • देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम : पूर्व राष्ट्रपति भण्डारी
  • सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ प्रकाशनको तयारी
  • कसरी बन्छ देश ?
  • शासक वर्गमाथि टुट्दै गएको भरोसा र संसद
  • ‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
  • युवा संघमा लेखा आयोग उपाध्यक्षसहित ४२ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)
  • भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगढीका चार नगर प्रहरी पक्राउ
  • तीनकुने घटना : काठमाडौं अदालतमा आजदेखि दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको बयान
  • नाम्खा हिमपहिरो : अध्ययन टोलीले भेट्टायो ५,३५० मिटरको उचाइमा तीन हिमताल
  • भिजिट भिसा प्रकरणमा कांग्रेसले भन्यो–गृहमन्त्री लेखक निर्दोष
  • कांग्रेस बैठकमा शशांकले भने–शेखर, राजेन्द्र र सुनीललाई स्पष्टीकरण सोध्नै पर्छ
  • जेठ १५ को जनप्रदर्शन सफल पार्न एमाले नेताहरूको जिम्मेवारी बाँडफाँट
  • जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने, काठमाडौंमा सांस्कृतिक झाँकी
  • रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा
  • कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित , संशोधन प्रस्ताव अस्वीकर
  • वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी : पाँचथरका शन्त कुमार सहित दुईजना पक्राउ
  • झापामा विषाक्त च्याउ खाएका तीन जनाको मृत्यु
  • तीनकुने घटना : धवल, रवीन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता
  • युवा संघको महाधिवेशन : अघि बढ्यो निर्वाचन प्रक्रिया, अध्यक्षमा थेबे र पुरीबीच प्रतिष्पर्धा
  • प्रमाणित भए गृहमन्त्रीले राजीनामा होइन, जेल जानु पर्छ : रास्वपा
  • देशभर डेंगु सङ्क्रमणको जोखिम बढ्ने प्रक्षेपण , सचेत हुन महाशाखाकाे अनुराेध
  • बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा
  • रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
  • खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?
  • नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला
  • अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु
  • जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु, टाउकोमाथि थियो १० लाख भारु पुरस्कार
  • युक्रेन र रुसबिच सबैभन्दा ठुलो कैदी आदानप्रदान
  • पाकिस्तानी हिरासतबाट रिहा भएका बीएसएफ जवान घर पुगे
  • तेस्रो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्मको आम्दानी कति ?
  • सुनिताको गीत ‘जाली रुमाल’ सार्वजनिक
  • अभिनेता मुकुल देवको निधन
  • पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
  • राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई शेखरको सुझाव
  • देउवाकै अगाडि धनराजले भने–रिस गरेर हुन्न, उहाँ अझै छ–सातपल्ट प्रधानमन्त्री बन्नु हुन्छ
  • भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले भने–आज मन्त्रालयले विज्ञप्ति निकाल्छ, पछि आफै बोल्छु
  • रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
  • गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट
  • शशांकको आग्रह : सभापतिमा उठ्छु, दरिलो साथ चाहियो
  • तीनकुने घटना : प्रसाईलाई पाँच, मिश्र र राणालाई तीन कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई प्रहरीको राय
  • ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश
  • सरकारी कर्मचारीलाई ‘हनीट्रयाप’ मा पारी काठमाडौंमा घर–जग्गा ‘बार्गेनिङ’
  • नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
  • छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन
  • दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन थुनामा राख्न अनुमति
  • राजसंस्थाबारे देउवा : नसोंचेको र नबोलेको कुरा प्रचार गरियो
  • रवि र छविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा
  • ७३ इन्टरनेट कम्पनीलाई १५ दिनभित्र बक्यौता बुुझाउन प्राधिकरणको निर्देशन
  • अनुसन्धाताहरूको चेतावनी : फेरि फैलिँदै छ बर्ड–फ्लु
  • तिलगाउँको हिमबाढीको कारण बुझ्न विज्ञ टोली हुम्लामा
  • चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
  • १७ वर्षपछि टोटनह्यामलाई युरोपा लिगको उपाधि
  • चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते
  • प्रचण्डको टिप्पणी: ‘हाँसोका पात्र भएका छन् बाबुराम, कस्तो बुद्धि नभएका डाक्टर’
  • बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो
  • वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारी मारिए
  • रवि रिहा गर्न माग गरिएको निवेदनमा आज सुनुवाइ हुने
  • तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर बनेकी ‘शान्ति’
  • ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
  • आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस् : प्रभु साह
  • आज चार संसदीय समितिका बैठक बस्दै,यस्ता छन एजेन्डा
  • कोशीमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना
  • बाबुरामप्रति प्रचण्डको टिप्पणी : सबैभन्दा बुद्धि नभएका डाक्टर
  • Hello world!
Friday, June 13, 2025
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    आलमलाई सफाइ दिने न्यायाधीशमाथि दलीयाे मोसो

    आलमलाई सफाइ दिने न्यायाधीशमाथि दलीयाे मोसो

    विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी

    विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी

    सरकारका प्रवक्ता भन्छन्–गृहमन्त्रीको राजीनामा आउँदैन

    सरकारका प्रवक्ता भन्छन्–गृहमन्त्रीको राजीनामा आउँदैन

    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

    महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा

    महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा

    सर्वोच्चमा तीन न्यायाधीश नियुक्ति : कांग्रेस कोटाबाट पोखरेल, एमालेको सिट खाली

    सर्वोच्चमा तीन न्यायाधीश नियुक्ति : कांग्रेस कोटाबाट पोखरेल, एमालेको सिट खाली

  • राजनीति
  • सूचना विशेषHOT
    घर–जग्गा कारोबारलाई कडाई गर्दै  सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य

    घर–जग्गा कारोबारलाई कडाई गर्दै सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य

    आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , यि हुन प्राथमिकतामा परेका क्षेत्रहरू

    आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , यि हुन प्राथमिकतामा परेका क्षेत्रहरू

    ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

    ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

    सरकारी कर्मचारीलाई ‘हनीट्रयाप’ मा पारी काठमाडौंमा घर–जग्गा ‘बार्गेनिङ’

    सरकारी कर्मचारीलाई ‘हनीट्रयाप’ मा पारी काठमाडौंमा घर–जग्गा ‘बार्गेनिङ’

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर बनेकी ‘शान्ति’

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर बनेकी ‘शान्ति’

    कोशीमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना

    कोशीमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना

  • प्रदेश
    • १‍. काेशी
    • २‍‍. मधेश
    • ३. बागमती
    • ४. गण्डकी
    • ५. लुम्बिनी
    • ६. कर्णाली
    • ७. सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result
SuchanaPortal
  • हाेमपेज
  • समाचार
    आलमलाई सफाइ दिने न्यायाधीशमाथि दलीयाे मोसो

    आलमलाई सफाइ दिने न्यायाधीशमाथि दलीयाे मोसो

    विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी

    विश्व बैंकद्वारा विश्व अर्थतन्त्रमा आर्थिक संकटको चेतावनी

    सरकारका प्रवक्ता भन्छन्–गृहमन्त्रीको राजीनामा आउँदैन

    सरकारका प्रवक्ता भन्छन्–गृहमन्त्रीको राजीनामा आउँदैन

    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

    महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा

    महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा

    सर्वोच्चमा तीन न्यायाधीश नियुक्ति : कांग्रेस कोटाबाट पोखरेल, एमालेको सिट खाली

    सर्वोच्चमा तीन न्यायाधीश नियुक्ति : कांग्रेस कोटाबाट पोखरेल, एमालेको सिट खाली

  • राजनीति
  • सूचना विशेषHOT
    घर–जग्गा कारोबारलाई कडाई गर्दै  सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य

    घर–जग्गा कारोबारलाई कडाई गर्दै सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य

    आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , यि हुन प्राथमिकतामा परेका क्षेत्रहरू

    आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , यि हुन प्राथमिकतामा परेका क्षेत्रहरू

    ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

    ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

    सरकारी कर्मचारीलाई ‘हनीट्रयाप’ मा पारी काठमाडौंमा घर–जग्गा ‘बार्गेनिङ’

    सरकारी कर्मचारीलाई ‘हनीट्रयाप’ मा पारी काठमाडौंमा घर–जग्गा ‘बार्गेनिङ’

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर बनेकी ‘शान्ति’

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर बनेकी ‘शान्ति’

    कोशीमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना

    कोशीमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना

  • प्रदेश
    • १‍. काेशी
    • २‍‍. मधेश
    • ३. बागमती
    • ४. गण्डकी
    • ५. लुम्बिनी
    • ६. कर्णाली
    • ७. सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result
SuchanaPortal

आयोजना बैंकमा निरन्तर छेडखानी : कानुन लत्याएर बजेटमा मनोमानी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १३, २०८२ मा प्रकाशित
✅ विविध
आयोजना बैंकमा निरन्तर छेडखानी : कानुन लत्याएर बजेटमा मनोमानी

इटहरी । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६ (५)मा उल्लेख छ ‘राष्ट्रिय आयोजना बैंकमा समावेश नभएको आयोजनाका लागि बजेट विनियोजन गर्न पाइँदैन’ । तर, नियमावली आएको पाँच वर्ष पूरा हुँदा पनि आयोजना बैंक (प्रोजेक्ट बैंक) प्रभावकारी बन्न सकेको छैन । कानुन मिचेर प्रोजेक्ट बैंकमा हुने छेडखानी र बजेटमा अनुकूलता खोज्ने परिपाटी भने हरेक वर्ष दोहोरिइरहेको मात्र छैन नियति नै बनेको छ । निगरानी तथा नियमनकारी निकायहरूले पटक–पटक प्रश्न उठाएको मात्र नभई सुधारका लागि सुझाव दिँदा पनि कार्यान्वयनको गुञ्जायस छैन ।

शक्ति र पहुँचका आधारमा योजना बाँड्ने, पूर्वतयारी नै नभएका आयोजनामा बजेट पार्ने, जथाभावी स्रोत सुनिश्चितता दिनेजस्ता कार्य रोक्न प्रोजेक्ट बैंक महत्वपूर्ण अस्त्र हुने ठानिएको थियो । तर यही उपकरण नै बजेट अनुशासन मिच्ने औजार बन्न थालेको छ । एकातर्फ बैंकमा नराखिएका योजनालाई वार्षिक बजेटमा राख्ने प्रवृत्ति तोड्न सकिएको छैन भने सँगसँगै कानुन र मापदण्ड विपरीत जथाभावी परियोजना प्रविष्ट गर्नेदेखि पूर्वाग्रही नियतले हटाउनेसम्मका काम अघिल्ला आर्थिक वर्षजस्तै यस वर्ष पनि दोहोरिएको छ ।

सम्बन्धितखबर

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै

वीरगञ्ज नाका : १० महिनामा पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात

बजेटसँग छैन तालमेल
प्रोजेक्ट बैंकका आयोजना मात्रै बजेटमा राख्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्था यसपटक पनि पूर्णरूपमा कार्यान्वयन हुनसक्ने अवस्था देखिँदैन । यद्यपि, नियमावली कार्यान्वयन हुनेमा आशावादी रहेको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू बताउँछन् ।

‘अहिले पनि योजना प्रबिष्टिको काम भइरहेको छ । यसमा हामी के–कति सफल हुन्छौँ भनेर बजेट आइसकेपछि थाहा हुन्छ’, अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘हिजो र आज पनि हामी हामी प्रोजेक्ट बैंकमै लागिरहेका छौँ। विषयगत मन्त्रालयहरू र योजना आयोगबीच पनि समन्वय भइरहेको छ। नियमावलीको व्यवस्था कार्यान्वयन हुन्छ भन्नेमै छौँ ।’

मापदण्ड विपरीत योजना दर्ता
चैत मसान्तपछि प्रोजेक्ट बैंकमा योजना प्रविष्ट गर्नु सरकार आफैले बनाएको मापदण्डको बर्खिलाप हो । तर बजेट सार्वजनिक हुने दुई दिन अघिसम्म पनि विभिन्न मन्त्रालयहरूले प्रोजेक्ट बैंकमा योजना हालिरहेका छन् । राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ को बुँदा नम्बर ४ (५) मा ‘आयोजना बैंकमा अघिल्लो आर्थिक वर्षको फागुन मसान्तभित्र आयोजना प्रविष्टि गरिसक्नुपर्ने’ व्यवस्था छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने नयाँ आयोजनाको हकमा भने चैत मसान्तभित्र आयोजना प्रविष्टि गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी र योजना आयोगका सहसचिव अर्जुन भण्डारी अहिले पनि योजना प्रविष्टि चलिरहेको स्वीकार्छन् । ‘यस वर्ष मापदण्ड फागुनमा जारी भयो। चैत मसान्तसम्म सबै आयोजना प्रविष्ट गरिसक्ने अवस्था थिएन । त्यसकारण हामीले अहिले पनि योजना हालिरहेका छौँ । यसको समयावधि बढाउने विषयमा योजना आयोगले केही निर्णय गर्नसक्छ’, योजना आयोगका सहसचिव अर्जुन भण्डारीले भने । यस वर्ष आयोगले प्रोजेक्ट बैंकमा योजना प्रविष्ट गर्ने समय जेठ १३ गतेसम्मका लागि तोकेको जनाएको छ।

राजनीतिक दबाब र कर्मचारीको असहयोग
विनियोजन कुशलता र आर्थिक अनुशासन पालनाका लागि प्रोजेक्ट बैंकको अपरिहार्यता देखेरै कानुनमा बाध्यकारी बनाइएको थियो । तर राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र यसमा गम्भीर हुन सकेन । योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ राजनीतिक दबाबका कारण वार्षिक बजेटमा जथाभावी योजना हाल्ने प्रवृत्ति र कर्मचारी संयन्त्रको असहयोगका कारण प्रोजेक्ट बैंक सफल हुन नसकेको बताउँछन् । ‘बजेट बनाउने बेला राजनीतिज्ञहरूले ऐन, कानुन, नियमावली, बजेट अनुशासन सबै कुरा बिर्सन्छन् ।

नेताहरूले दिएको सूची (प्रोजेक्ट लिस्ट) अनुसार योजना पर्‍यो कि परेन भन्नेसँग मात्र चासो हुन्छ । दबाब थेग्नै नसकिने हुन्छ’, डा. श्रेष्ठ भन्छन्, ‘प्रोजेक्ट बैंकमा राखिएका योजनालाई मात्र बजेट छुट्याउने व्यवस्था गरिनुपर्छ भनेर गत वर्ष हामीले जोडबल गर्दा त्यसमा विषयगत मन्त्रालय र कर्मचारीहरूले सहयोग गरेनन् ।’ प्रोजेक्ट बैंकसम्बन्धी नियमावलीको व्यवस्था बाध्यकारी बनाउन खोज्दा गत वर्ष एकै पटक ठूलो संख्यामा आयोजना प्रविष्टि भएको पनि डा. श्रेष्ठ बताउँछन् ।

कानुनले बाध्यकारी बनाएको व्यवस्थालाई राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र दुवैले बुझ्न नसकेको पूर्वसचिव मधुकुमार मरासिनीको पनि बुझाइ छ। ‘प्रोजेक्ट बैंकको संवेदनशीलता नबुझ्दा त्यसको परिपालना भएको देखिँदैन । कानुनमा भएको विषय परिपालनाका लागि सबै कर्मचारीलाई तालिम दिनेमा पनि हामी चुकेका छौँ’, मरासिनी भन्छन्, ‘अघिल्लो वर्ष प्रोजेक्ट बैंकमा के–कस्ता आयोजना राख्ने हो भन्ने स्पष्टता थिएन । हामीले बाध्य बनाउन खोज्दा एकै पटक धेरैवटा योजनाहरू बैंकमा राखिए । त्यसमा पनि अधिकांश पुराना योजना हुन् । बाध्यकारी रूपमा जानुपर्छ भन्दा गुणस्तरमा ध्यान पुगेन ।’

जथाभावी ‘इन्ट्री’
बजेट पार्नकै लागि प्रोजेक्ट बैंकमा जथाभावी आयोजना प्रविष्ट गर्ने र बजेट छर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा बढ्दै गएको देखिन्छ । योजना आयोगले उपलब्ध गराएको तथ्याङ्कले पनि त्यसको पुष्टि गर्छ । आयोगका अनुसार परियोजना बैंकमा आव २०७७/७८ सम्ममा छ हजार ६४४ आयोजना प्रविष्टि गरिएको थियो । त्यस्तै, आव २०७८/७९ मा ९९, आव २०७९/८० मा ३९, आव २०८०/८१ मा ११ हजार १४ र चालु आव २०८१/८२ मा २२१ वटा आयोजना प्रोजेक्ट बैंकमा हालिएको थियो ।

गत वर्ष मात्रै सहरी विकास मन्त्रालयका सात हजार ३७७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पाँच हजार २९४, खानेपानी मन्त्रालयका दुई हजार ८५९ आयोजना प्रोजेक्ट बैंकमा हालिएका थिए । त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ६४०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६१५, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका २२८ वटा योजना बैंकमा प्रविष्ट भए ।

यति धेरै आयोजना एकै आर्थिक वर्षमा प्रविष्ट हुनु आफैमा शंकास्पद रहेको भनेर त्यसको आलोचना समेत भएको थियो । विस्तृत परियोजना प्रतिवेदन, प्राविधिक तयारी, लागत विश्लेषण, वातावरणीय मूल्याङ्कन जस्ता काम सम्पन्न नहुँदै आयोजना बंकङ्कमा राखिएको आरोप अर्थ मन्त्रालय र आयोग माथि लागेको थियो । तर, तत्कालीन नेतृत्वले भने त्यसको बचाउ गर्दै आएको छ । प्रोजेक्ट बैंकमा परेका आयोजनालाई मात्रै बजेट राख्ने भनिएपछि क्रमागत प्रकृतिका, सानो बजेटजस्ता योजना मात्र नभई कार्यक्रमहरू पनि प्रविष्ट भए पनि संख्या बढेको उनीहरूको दाबी छ ।

महालेखाको प्रश्न
आयोजना बैंक प्रभावकारी हुन नसकेको भन्दै महालेखापरीक्षकको कार्यालयले पछिल्ला पाँच वर्षदेखि निरन्तर प्रश्न उठाइरहेको छ । महालेखापरीक्षकको ५८औँ प्रतिवेदन, २०७८ देखि ६२औँ प्रतिवेदन २०८२ सम्म निरन्तर प्रोजेक्ट बैंकको प्रभावकारितामाथि प्रश्न उठाइएको छ । प्रोजेक्ट बैंकमा प्रविष्ट नगरीकन बजेट बाँडेको देखि मापदण्ड विपरीतका आयोजनालाई बैंकमा प्रविष्ट गरेकोसम्ममा कैफियत महालेखाले औँल्याएको छ ।

‘संघले रु तीन करोडभन्दा कम र प्रदेशबाट रु एक करोडभन्दा कम लागतका आयोजना कार्यान्वयन नगरिने उल्लेख भएकामा रु तीन करोडभन्दा कम लागत अनुमान भएका आयोजनाहरू बैंकमा समावेश गरी संघीय सरकारबाट कार्यान्वयन गर्नेगरी बजेट विनियोजन भएको देखिन्छ । आयोगले आयोजना बैंकमा प्रविष्ट आयोजनाको विश्लेषण र मूल्याङ्कन गर्दा उल्लिखित प्रावधानको अवलम्बन गरेको देखिएन’, महालेखाको ६२औं प्रतिवेदनमा भनिएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ सम्ममा आयोजना बैंकमा प्रविष्ट १८ हजार १२ मध्ये चालु अवस्थाका सात हजार ७०५ आयोजना थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै चालु अवस्थाको आयोजना संख्या हेर्दा तीन हजार १८५ वटा देखिन्छ । तर भौतिक मन्त्रालयका लागि सो आर्थिक वर्षमा तीन हजार ९९० वटा योजनाका लागि बजेट छुट्याइयो । अर्थात् प्रोजेक्ट बैंकमा प्रविष्ट नभएका ८०५ वटा आयोजनामा बजेट परेको देखिन्छ । त्यस्तै, शहरी विकास मन्त्रालयका चार हजार ९६२ आयोजनालाई प्रोजेक्ट बैंकमा प्रविष्ट नगरीकनै बजेट छुट्याइएको थियो ।

यसरी आयोजना बैंकमा प्रविष्ट नभएको आयोजनाहरूमा समेत बजेट विनियोजन भएको देखिए पनि महालेखाले प्रश्न उठाएको थियो। योजना आयोग र अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूको वार्षिक कार्यक्रम छलफल र स्वीकृत गर्दा आयोजना बैंकमा प्रविष्ट भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि महालेखाले दिएको छ।

अध्ययन बिना नै प्रोजेक्ट बैंकमा ‘कैँची’
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोत जुटाउन सकस परेको भन्दै सरकारले आयोजना कटौती गर्ने नीति लिएको छ । सरकारको रातो किताबमा पर्ने तर कार्यान्वयन गर्न नसकिने र नतिजासमेत नदिने आयोजनामा कैँची चल्ने संकेत अर्थ मन्त्रालय र योजना आयोगबाट भइरहेका छन् । अघिल्लो वर्ष प्राजेक्ट बैंकमा राखिएका सबै आयोजना कार्यान्वयन गर्न सम्भव छैन भनेर करिब आठ हजार हाराहारीमा झारिएको छ ।

अर्थात् प्रोजेक्ट बैंकमा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजनाहरू कटौतीमा पर्ने भएका छन् । तर आयोजना कटौती गर्दा कस्तो प्रकृतिका आयोजनालाई बैंकबाट हटाउने र त्यसरी हटाउँदा के कस्ता प्रभाव देखिनसक्छ भनेर कुनै अध्ययन भएको देखिँदैन । योजना आयोगले भने आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्डअनुसार काँटछाँट गरिएको बताउँदै आएको छ ।

अर्थ मन्त्रालयले पनि स्रोतमा चाप देखिएका कारण यसवर्ष योजनामा भारी कटौती हुने बताउँदै आएको छ। गत वैशाख २७ गते नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व–बजेट छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कुशलता कमजोर भएको र जथाभावी योजना बाँड्ने प्रवृत्ति मौलाएको बताउँँदै आफूले त्यसमा नियन्त्रणको प्रयास गर्ने बताएका थिए ।

‘बजेट विनियोजन र कार्यान्वयनका बीचमा ठूलो खाडल सिर्जना भएको छ र त्यसो हुनुमा हामी नै जिम्मेवार छौँ । चालु आर्थिक वर्षमा मात्रै ११ हजारभन्दा बढी योजना प्रोजेक्ट बैंकमा थपिनुले पनि हाम्रो विनियोजन कुशलता कति छ भन्ने देखाउँछ’, अर्थमन्त्री पौडलको भनाइ थियो, ‘अहिले म थप खाल्डो खन्न होइन त्यसलाई पुर्न खोजिरहेको छु । मैले यसमा सबै क्षेत्रको साथ खोजेको छु ।’

आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक बनाउन प्रयास गर्ने र कार्यान्वयन सुनिश्चितासहितको बजेट ल्याउने उनको दाबी थियो । आगामी आवको बजेट बनाउँदा कुशलतासहितको विनियोजन गर्ने, अनुशासनतर्फ फर्किन प्रयास गर्ने र असीमित दायित्वलाई प्राथमिकीकरण गर्ने भनेर अर्थमन्त्री पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा समेत बताउँदै आएका छन् ।

नयाँ मापदण्ड
राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ अनुसार निश्चित उद्देश्य, लक्ष्य र परिणामका लागि कार्यान्वयन गरिने समयसीमा तथा बजेट लागतसमेत खुलाइएर प्रोजेक्ट बैंकमा आयोजना प्रविष्ट गर्नुपर्ने हुन्छ । पूर्वतयारी सम्पन्न भइसकेका, निर्माण सम्पन्न भएपछि सार्वजनिक सम्पत्तिमा वृद्धि वा रूपान्तरण हुने पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय तथा अन्य विकाससँग सम्बन्धित कार्यलाई आयोजना मानिने र त्यस्ता आयोजना प्रोजेक्ट बैंकमा राखिने मापदण्डमा उल्लेख छ ।

त्यस्तै, आयोजना निर्माणको स्रोत के हो ? भन्नेकुरा पनि खुलाउनुपर्ने हुन्छ । नेपाल सरकारको स्रोत, वैदेशिक तथा आन्तरिक ऋण वा अनुदानमा सञ्चालन हुने सबै खालका आयोजनालाई प्रोजेक्ट बैंकमा राख्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुने आयोजना, प्रदेश तथा स्थानीय सरकारबाट कार्यान्वयन हुने राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि प्रोजेक्ट बैंकमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार रू तीन करोडभन्दा बढी लागत भएका वा विनियोजन भएका आयोजना मात्र प्रोजेक्ट बैंकमा प्रविष्टि गर्नुपर्ने हुन्छ । त्यस्तै, चालु प्रकृतिका वा सालबसाली रूपमा कार्यान्वयन हुने आयोजना वा कार्यक्रमबाहेकका अन्य आयोजना मात्र राष्ट्रिय आयोजना बैङ्कमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रोजेक्ट बैंकलाई सरकारका अन्य विभिन्न सूचना प्रणालीसँग आबद्ध गर्नुपर्ने व्यवस्था पनि मापदण्डमा राखिएको छ। मध्यमकालीन खर्च संरचना, बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमबिआइएस), विद्युतीय खरिद प्रणाली तथा एकीकृत ‘अनलाइन’ अनुगमन प्रणालीसँग आयोजना व्यवस्थापन सूचना प्रणालीलाई अन्तरआबद्धता कायम गर्नुपर्ने व्यवस्था रहेको छ। यसका लागि आयोगले तयारीसमेत गरिरहेको सहसचिव भण्डारीले बताए। उनका अनुसार सबै प्रदेश र स्थानीय तहहरूमा पनि प्रोजेक्ट बैंक आवश्यक पर्ने भएकाले आयोगको समन्वयमा नै एकीकृत प्रोजेक्ट बैंक र सूचना प्रणालीको मापदण्ड बनाउने तयारी रहेको छ।

सम्बन्धित-समाचार

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै
विविध

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै

✍ सूचना पाेर्टल
जेष्ठ २७, २०८२ मा प्रकाशित
0

इटहरी डेस्क । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली...

वीरगञ्ज नाका : १० महिनामा पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात
विविध

वीरगञ्ज नाका : १० महिनामा पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात

✍ सूचना पाेर्टल
जेष्ठ २०, २०८२ मा प्रकाशित
0

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान...

खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू

खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू

जेष्ठ १९, २०८२ मा प्रकाशित
अण्डाको बढ्यो मूल्य, किसानलाई राहत

अण्डाको बढ्यो मूल्य, किसानलाई राहत

जेष्ठ १७, २०८२ मा प्रकाशित

Discussion about this post

  • लाेकप्रिय
  • प्रतिक्रया
  • ताजा
मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप, ५० लाखसम्म बार्गेनिङ , बिराटनगरका देव लिम्बु सहित तीन जना पक्राउ

मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप, ५० लाखसम्म बार्गेनिङ , बिराटनगरका देव लिम्बु सहित तीन जना पक्राउ

जेष्ठ २९, २०८२ मा प्रकाशित
पूर्वमन्त्री रामकुमार सुब्बासहित तीन जनाविरुद्ध मुद्दा दर्ता

पूर्वमन्त्री रामकुमार सुब्बासहित तीन जनाविरुद्ध मुद्दा दर्ता

जेष्ठ २६, २०८२ मा प्रकाशित
सहमती भएपनि बन्द यथावत राख्ने व्यवसायीकाे अडान , कहाँ मिलेन कुराे ?

सहमती भएपनि बन्द यथावत राख्ने व्यवसायीकाे अडान , कहाँ मिलेन कुराे ?

जेष्ठ २०, २०८२ मा प्रकाशित
बेलबारीबाट चारदिनमा एकै गाउँका चारजना बालिका बेपत्ता , प्रहरी भन्छ खाेजी जारी छ

बेलबारीबाट चारदिनमा एकै गाउँका चारजना बालिका बेपत्ता , प्रहरी भन्छ खाेजी जारी छ

जेष्ठ १८, २०८२ मा प्रकाशित
घर–जग्गा कारोबारलाई कडाई गर्दै  सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य

घर–जग्गा कारोबारलाई कडाई गर्दै सरकार, ‘ अब बैंक स्टेटमेन्ट’ अनिवार्य

जेष्ठ २१, २०८२ मा प्रकाशित
अमेरिकामा एकै परिवारका चार नेपालीकाे गाेली हानी हत्या

अमेरिकामा एकै परिवारका चार नेपालीकाे गाेली हानी हत्या

जेष्ठ २४, २०८२ मा प्रकाशित
इटहरीमा बालबालिकाको प्रतिभा प्रस्तुतिः वडाध्यक्ष पोखरेल भन्छन् – “हामी बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउँछौं”

इटहरीमा बालबालिकाको प्रतिभा प्रस्तुतिः वडाध्यक्ष पोखरेल भन्छन् – “हामी बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउँछौं”

जेष्ठ ३०, २०८२ मा प्रकाशित
एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि

एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि

जेष्ठ ३०, २०८२ मा प्रकाशित
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी

माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी

जेष्ठ ३०, २०८२ मा प्रकाशित
न्यायाधीशमाथि मोसो दल्ने कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतको प्रदर्शन, ७ जना गिरफ्तार

न्यायाधीशमाथि मोसो दल्ने कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतको प्रदर्शन, ७ जना गिरफ्तार

जेष्ठ ३०, २०८२ मा प्रकाशित
पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

जेष्ठ ३०, २०८२ मा प्रकाशित
सदनमा गृहमन्त्रीको जवाफ: भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियो

सदनमा गृहमन्त्रीको जवाफ: भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियो

जेष्ठ ३०, २०८२ मा प्रकाशित


© Nepal Exchange Rates

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक :
सह-सम्पादक :
व्यवस्थापक :
समाचारदाता :

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी ६, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष
  • प्रदेश
    • १‍. काेशी
    • २‍‍. मधेश
    • ३. बागमती
    • ४. गण्डकी
    • ५. लुम्बिनी
    • ६. कर्णाली
    • ७. सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist