इटहरी डेस्क । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ। पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो। १,७६४ प्रतिनिधिमध्ये १,४०४ जना मतदानमा सहभागी भएका छन्।
केही समयमै मतगणना सुरु हुने र आजै नतिजा आउने निर्वाचन कमिटीले जनाएको छ। मुचुल्का तयार पारी डेढ घण्टा जति पछिबाट मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ। विद्युतीय भोटिङ भएकाले छिट्टै नतिजा आउनेछ।निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ।
थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन्। पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्। महासचिवमा थेवे प्यानलबाट महेश चौलागाई र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो।
Discussion about this post