इटहरी डेस्क । बैंककबाट तस्करी गरेर काठमाडौं ल्याएको ६ किलो ५ ग्राम सेतो हिरोइन प्रहरीले बरामद गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले हवाई माग हुँदै नेपाल आएका यात्रुको विशेष जाँच गर्ने क्रममा शनिबार सेतो हिराइन बरामद गरेको ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए ।
उनका अनुसार, थाई एयरवेजको उडानमार्फत काठमाडौं आएका भारतीय नागरिक ६५ वर्षीय राकेश वाहबले ल्याएको लगेजभित्र सेतो हेरोइन भेटिएको थियो ।प्रहरीका अनुसार, थप अनुसन्धान भइरहेको छ । यसअघि बैंककबाट पटकपटक लागूऔषध गाँजा आउने गरेको थियो । अधिकृतहरुका अनुसार, पहिले बैंककबाट हाईब्रिड गाँजा आउने गरेकोमा अहिले हेरोइन पनि आएको पाइएको हो ।एक अनुसन्धान अधिकृत भन्छन्, ‘यी लागूऔषध नेपाल हुँदै भारतमा तस्करी हुन लागेका थिए ।’


Discussion about this post