इटहरी डेस्क । फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शो सहित फिल्म तेस्रो सातामा प्रवेश गरेको निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिले जानकारी दियो ।
आर्टमाण्डूका अनुसार फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मले ओभरसिज कलेक्सन पनि राम्रो गरेको दाबी निर्माण युनिटको छ । तर कति सार्वजनिक गरिएका छैन ।
नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्म विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गीमगर र सुनिल पोखरेल लगायतको अभिनय छ ।
Discussion about this post