इटहरी डेस्क । नेपाल र उज्बेकिस्तानबीच जारी महिला एसियन कप छनोट खेल रोचक बनेको छ। पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफको ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै ३–३ को बराबरीमा ल्याएको हो। ७१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। ७३औँ मिनेटमा पुन: गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी हुन्।
खेलको २४औँ मिनेटमा साम्बाले नेपालको खाता खोलेकी थिइन्। उज्बेकिस्तानले दोस्रो, ११औँ र पहिलो हाफको इन्जुरी समयमा नेपालविरुद्ध गोल गरेको थियो।


Discussion about this post