इटहरी । सुनसरीको इटहरी उपमहानगर १३ स्थित खनारमा गत जेठ २९ देखि सञ्चालन भइरहेको प्रथम खनार महोत्सव विवादमा तानिएको छ । प्रहरी प्रसाशनले तोकिएको स्थान बिपरित आयोजकले महोत्सव सञ्चालन गरेपछि विवादमा तानिएको हो । पटक पटक बिवाद र झडप भइरहने स्थानमा महोत्सव सञ्चालन भएपछि असार ९ गते प्रहरीले बन्द गराएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार अनुमती लिएको भन्दा बाहिर गएर जुवा जन्य खेल खेलाएपछि महोत्सवमा गत असार ७ गते दुइ पक्ष बिच झडप भएको थियो ।प्रहरीका अनुसार झडपमा दुवै पक्ष गरी ७ जना घाइते भएका छन । झडपका मुख्य कारण महोत्सव भित्रको विवाद रहेको इटहरी प्रहरी बताउछ । महोत्सव लागेको स्थान दुहबी नगरपालिका वडा नं ९ छातावेली नजिक पर्छ ।
सुरक्षाको दृस्टिकोणले संवेदनशिल क्षेत्र मानिएको सो स्थानमा महोत्सव नलगाउन अगाडीनै आयोजक संस्थालाइ सचेत गराएपनि अटेर गरेपछि बल प्रयोग गरेर महोत्सव बन्द गराइएको थियो । गत ७ गते भएको झडप बदलाको भावनाले पुनःदोहोरिन सक्ने प्रहरी अनुमान छ । सोही अनुमान र सुरक्षा संवेदनलाइ मध्यनजर गर्दै तत्काल महोत्स बन्द गराइएको थियो ।
प्रहरीले सुरक्षाको कारण देखाउदै गत असार ९ गते नै महोत्सव बन्द गराएको थियो । तिन दिन सम्म बन्द रहेको महोत्सवलाइ इटहरी उपमहानगर वडा नं १३ का वडाध्यक्ष चन्द्रेस्वोर सरदार र केहि जनप्रतिनिधीकै प्रत्यक्ष संलग्नतामा पुन सुचारू गरिएको छ । विवाद देखिसकेपछि पनि वडा कार्यालयले महोत्सलाइ समर्थन जनाउदै सञ्चालनको अनुमती प्रदान गरेको थियो । छलफलमा १३ नंका वडाध्यक्ष चन्द्रेश्वर सरकार आफै उपस्थित भइ महोत्सवले आन्तरिक पर्यटकहरू तान्ने ,आर्थिक गतिविधिहरू चलायमान हुने जिकिर सहित सञ्चालन हुनुपर्ने पक्षमा वकालत गरेका थिए ।
उक्त महोत्सवलाइ राजाजी विच्छुधामी ग्रामथान संस्थाले आयोजना गरिरहेको छ । प्रहरी हस्तक्षेप भएको भन्दै गत असार १२ गते बिहीबार खनारमा सर्वपक्षीय छलफल समेत डाकिएको थियो । छलफलमा इटहरीका डिएसपी भण्डारी संगै राजनीति दलका प्रतिनिधीहरूको बाक्लो उपस्थित थियो । छलफलमा जिल्ला प्रसाशन कार्यालय सुनसरीले असार १६ गते सम्म दिएको अनुमती अनुसार नै मर्यादित भएर सञ्चालन गर्ने बताएपछि आफुहरू पछि हटेको इटहरी प्रहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए ।
प्रहरीको अनुरोधलाइ वेवास्था गर्दै महोत्सव सञ्चालन गरेपछि सुरक्षा दिने मामालाबाट प्रसाशन पछि हटेको डिएसपी भण्डारी बताउछन ।जिल्ला प्रसाशन कार्यालय सुनसरीले दिएको अनुमती बिपरित जुवाजन्य बस्तु खेलाएपछि महोत्सव बन्द गरिएको थियो तर छलफलमा हाम्रो कुरै सुनिएन उल्टै प्रहरीको सुरक्षा चाहिदैन भनेपछि हामी पछि हट्यौ डिएसपी भण्डारी बताउछन । प्रसाशनको कुनै पनि नियम आयोजकले नटेरेको पटक पटक सम्झाउदा पनि वेवास्था गर्दै आएको डिएसपी भण्डारी बताउछन ।
प्रहरीले महोत्सवमा उच्छृङखल गतिविधि नगर्न , सुरक्षा संवेदनलाइ ख्याल गर्दै राती ९ बजे समम मात्रै महोत्सव सञ्चालन गर्न सुझाव दिएकोमा ११ बजे सम्म सञ्चालन गर्दै आएको बताउछन । यता महोत्सव प्रति स्थानिय मात्र नभइ राजनीतिक दलका प्रतिनिधीहरू पनि रूस्ट देखिएका छन ।सांस्कृतिक कार्यक्रमको नाममा महोत्सवले बिकृती फैलाउने गरेको स्थानियहरूको आरोप छ । प्रहरी प्रसाशनको उपस्थित नदेखिएपछि आयोजकले स्थानिय सरकारबाट नगर प्रहरी बोलाएर महोत्सव सञ्चालन गरिरहेको छ । आयोजक कमिटिका संयोजक पर्शुराम चौधरीले प्रसाशनबाट सहयोग नपाएपछि स्थानिय सरकारबाट नगर प्रहरी मागेको स्विकारे । उनले दैनिक १० देखि १५ जना नगर प्रहरी महोत्सवस्थलमा खटिएको पनि स्विकारे । सुरूवाती समयमा जुवाजन्य बस्तु खेलाएको स्विकार गरेपनि हालको अवस्थामा महोत्सवमा कुनै प्रकारको विवाद नदेखिएको उनले बताए ।


Discussion about this post