- तेज बन
इटहरी । काकडभिट्टा –लौकही राजमार्ग अन्तरगत इटहरी सडक खण्डको काम केहि महिना पछि सार्न माग गर्दै इटहरीका सिमित वयवसायीहरूले जिल्ला प्रसाशन कार्यालय सुनसरीमा पत्र बुझाएका छन । राजमार्ग क्षेत्रमा पर्ने संरचना हटाउन गत जेठ २२ गते नै प्रसाशनले ३५ दिने सार्वजिक सुचना निकालिसकेको अवस्थामा हाइवेको काममा अवरोध पुर्याउने गरि सिमित व्यवसायीहरूले सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र समक्ष पत्र बुझाएका हुन ।
गत जेठ २२ गते प्रसाशनले एसियन राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा १२४ वटा संरचना हटाउन घरधनीहरूको नाम सहित ३५ दिने सार्वजनिक सुचना जारी गरेको थियो । जसमध्ये सिमित घरधनी व्यवसायीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी समक्ष तत्काल काम अघि नबढाइदिन माग गर्दै पत्र बुझाएका हुन ।
आयोजनाले तोकिएको समय भित्र काम सम्पन्न गर्न पूर्वी खण्ड स्थित मोरङको लक्ष्मीमार्ग क्षेत्रमा कालोपत्रे सुरू गरिसकेको छ । गोठगाउँदेखि इटहरीसम्मको सडक निर्माणको जिम्मा पाएको कोभेक–सिआइजिसी–टुण्डी जेभीले सडक क्षेत्रभित्रका संरचना हटाउन आयोजनालाइ दबाब दिदै आएको छ ।
बर्खाको मौसम सुरू भएको हुदा यो बेला संरचना भत्काउदा पानीको भेलले थप असर पुर्याउने साथमा ठुलो मात्रामा धनमालको जोखिम हुने बताउदै दशै तिहार सम्मलाइ काम स्थकित गरिनुपर्ने प्रमुख जिल्ला अधिकारीलाइ बुझाएको पत्रमा उल्लेख छ ।बर्खा पछि नेपालीहरूको महान पर्व बडा दशै तथा दिपावली सुरू हुदा बजार प्रभावीत हुने र व्यवसायीहरू मार्कामा पर्ने बताउदै आयोजना सम्बन्धी सबैकामहरू दशै तिहार पछिमात्र सुचारू गर्नुपर्ने पत्रका उल्लेख छ । उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा जि फोर कलेक्सनकी सञ्चालिका गायत्री कट्वाल भण्डारीको नेतृत्वमा गएको सिमित व्यवसायीको टोलिले सो पत्र बुझाएको हो । उक्त पत्रमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले हस्ताक्षर गरेका छन । पत्र बुझाउन गएकी भण्डारिको घर तथा व्यसाय राजमार्ग भित्रै पर्दछ । प्रसाशनले निकालेको सार्वजनिक सुचना अनुसार राजमार्ग क्षेत्रमा धेरे जसोको घरको छज्जी,पर्खाल पर्ने पत्रमा उल्लेख छ ।
एसियन हाइवे हामी सबैको गौरवको विषय हो यो बन्नुपर्छ तर बिनास गरेर भन्दा संरक्षण गर्दै लैजानुपर्छ भन्ने हाम्रो भनाइ हो ब्यवसायी भण्डारीले भनिन । सडकको ८२.५फिट अन्तर्गत पर्ने संरचनाका छज्जी, पर्खाल तथा वालहरू भत्काउँदा कम्तीमा २ फिटसम्मलाई हेरिदिएर बचाइदिन पत्र मार्फत आग्रह समेत गरिएको छ ।
पत्र बुज्दै प्रमुख जिलला अधिकारी धर्मेन्द्र कुमार मिश्रले यो विषयमा आफु केहि बोल्न र गर्न नमिल्ने बताए । उनले संरचना हटाउने नहटाउने अधिकार आयोजनालाइ नै भएको बताउदै प्रसाशनले त्यसमा समन्वय मात्रै गरिदिने उल्लेख गरे । माथिललो आदेश अनुसार मुआब्जा तथा क्षती विवरण संकलन र सडक क्षेत्राधिकार भित्रका संरचना हटाउने विषयमा ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरिएको उनले बताए ।
यता काकडभिट्टा – लौकही चारलेन सडक आयोजनाका इञ्जिनियर पल्लभ श्रेष्ठले कुनै हालतमा काम नरोकिने उल्लेख गरे । उनले निृमाण कम्पनीले अवैध संरचना हटाउन आयोजनालाय पटक पटक पत्र पठाएपनि स्थानियकै अवरोधका कारण आयोजनाको काम अन्यौल भइरहेको उल्लेख गरे । २०३४ सालमै महेन्द्र राजमार्गको क्षेत्राधिकार ५० मिटर कायम गरिएको हो । अहिले आएर यो हुदैन त्यो हुदैन भन्न कहा पाइन्छ ? इञ्जिनियर श्रेष्ठले प्रश्न गरे । बिकाश निर्माण जस्तो काममा अवरोध शिर्जना नगर्न इटहरीवासीलाइ उनले आग्रह पनि गरे ।
यता उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिदै जादा व्यवसायीलाइ प्रभावित बनाउन उनिहरूको पक्षमा बोले जस्तो गरेको व्यवसायीहरू भित्रकै श्रोतले बताउछ । आयोजनाले काम सुरू गरेर संरचना भत्काउन तिन वर्ष देखिनै सुचना जारी गर्दै आएपनि यहि बेला संघभित्रैका केहि व्यवसायीहरूले आगामी निर्वाचनमा आफ्नो पकड बलीयो बनाउन साथै मतदाता प्रभावित बनाउन यस्तो गरिरहेको श्रोतको दाबी छ । संघमा अध्यक्ष पराजुलि नेतृत्वको कार्यकाल २०८२ फागुनमा सकिदैछ ।
३५ जनाले बुझाए तिन पुस्ते विवरण
सडक आयोजना अन्तरगत इटहरी खण्डमा काम चाडै सक्न ३५ जना घर धनी व्यवसायीहरूले जिल्ला प्रसाशन कार्यालय सुनसरीमा तिन पुस्ते विवरण सहितको कागजात पेश गरेका छन । ६ नं वडा कार्यालयको सिफारिसमा उनिहरले काम चाडै सकियोस भन्दै तिन पुस्ते बिवरण बुझाएका हुन । हामी बिकाश निर्माणमा बाधा पुर्याउदैनौ , सडक क्षेत्रका संरचना भत्काउन हामी तयार छौ भन्दै ३५ जना घर धनी व्यवसायीहरूले लाग्ने खर्च , क्षती आकलन सहित तिन पुस्ते विवरण लिएको ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बताए । यो संख्या अझै बढ्ने वडाध्यक्ष पोख्रेलले बताए । सडक भित्रका संरचना हटाउने विषयमा आयोजनाले उपमहानगर समक्ष पत्र पठाएपछि ६ नं वडामा विशेष भेला नै बोलाएर एक प्रकारको सहमती जुटाइएको वडाध्यक्ष दिवश पोख्रेल बताउछन । वडाले समन्वय गरेपछि उहाहरू आफै सडक क्षेत्रभित्र पर्ने संरचनाहरू भत्काउन लागि परेको पोख्रेल बताउछन । ६ नं वडामा मात्रै ७६ वटाबढी संरचना भत्काउनुपर्ने साृवजनिक सुचनामा उल्लेख छ ।
जिल्ला प्रसाशन कार्यालय सुनसरीले ३५ दिने सार्वजनिक सुचना जारी गरेपछि सडक क्षेत्र भित्र पर्ने घरहरू भत्काउन आफै लागी परेको वडा नं ६ स्थित आरसिटि मार्केटका सञ्चालक रोसन चौधरीले बताए । सुचना जारी भएदेखि नै सडक क्षेत्राधिकार भित्र पर्ने संरचना भत्काउन मज्दुरको खोजीमा लागेको अर्का व्यसायी इटहरी ६ कै दुर्गा माया लिम्बुले बताइन ।
आयोजना अन्तरगत सडकको काँकडभिट्टा–इटहरीसम्मको ९५ किलोमिटर खण्डलाई पाँच भागमा विभाजन गरिएको छ । तीन खण्ड सडक र दुई खण्ड पुल निर्माणका लागि छुट्टाइएको छ । पूर्वतर्फको ४५ किलोमिटर खण्ड कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ भने पश्चिमतर्फको केर्खा–गोठगाउँ खण्ड सीआरएफजी–टुण्डी जेभीले गरिरहेको छ । कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेको यो महत्त्वाकाङ्क्षी योजना एसियाली विकास बैङ्क (ब्म्द्य) को ८४.१५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५.८५ प्रतिशत हिस्सेदारीमा अघि बढाइएको हो।


Discussion about this post