इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी वर्ष २०८२ । ८३ को लागि २ अर्ब ५५ करोड २१ लाखकाे बजेट सार्वजनिक गरेकाे छ । मंगलबार लायन्स भवन इटहरीमा आयाेजित १६ औ नगरसभामा उपमेयर संगीता कुमारी चाैधरीले साे परिमाणकाे बजेट सार्वजिक गरेकि हुन ।
सार्वजनिक भएकाे बजेट चालु वर्ष२०८१ । ८२ भन्दा एक अर्व कम हाे । चालू आर्थिक वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
सार्वजनिक बजेटअनुसार, चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ।त्यस्तै, वित्तीय व्यवस्थातर्फ साँवा तथा ब्याज भुक्तानीका लागि ९० लाख रुपैयाँ छुट्याइएको छ भने पुँजीगत खर्चका लागि १ अर्ब ३० करोड १९ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ।
बजेटले बिकाश निर्माण , जनतासंग प्रत्यक्ष जाेडिएकाे पूर्वाधारहरूमा लगानी , शिक्षा , स्वास्थ्य लगायतका विषयहरूमा सुधारात्मक गतिविधिहरू समेटिने जनाइएकाे छ । त्यस्तै चालु अवस्थामा रहि सम्पन्न हुन बाकिका याेजनाहरूलाइ आगामी वर्षमा सकिने गरी काम अघि बढाइने उल्लेख गरिएकाे छ ।
आर्थिक-बर्ष-२०८२-०८३-को-बजेट-बक्तव्य


Discussion about this post