इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको १४५ औ कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ ।गएको २०८१ असोज देखि स्थकित कार्यपालिका बैठक ९ महिना पछि सोमबार बसेको हो । इटहरीको लायन्स भवनमा सम्पन्न १४५ औ बैठकले बिभिन्न विषयहरूमा निर्णय गरेको छ । सुनसरी र मोरङको सिमाना स्थित बुढिगंगा मुक्तीघाट परिसरमा स्थापना भएको मंगल राधिका सदानन्द प्रणामी अस्पताललाइ सञ्चालनको स्विकृती प्रदान गरिएको छ ।
मेयर हेमकर्ण पाैडेलले पहिलाे बुदामै अस्पताल सञ्चालनबारे प्रस्ताव पेश गरेका थिए । पेस गरिएकाे प्रस्तावमाथी सदस्यहरूले तालि पडकाएर समर्थन गरेपछि अस्पतालले सञ्चालनकाे अनुमती पाएकाे हाे ।
बैठकले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाइ प्राथमिकतामा राखेर सञ्चालनको स्विकृती प्रदान गरिएको जनाएको छ । गत बैशाख १ गते उदघाटन भएको उक्त अस्पतालले सञ्चालनको अनुमती नपाएको विषयमा सुचना पाेर्टलले यस अघि नै समाचार प्रकाशित गरिसकेकाे थियाे ।
इटहरीमा सुविधासम्पन्न ‘क’ वर्गको अस्पतालको अभाव खडकिरहदा १० करोड लगानीमा १५ बेडको साे अस्पताल स्थापना भएकाे हाे । गत बैशाख १ गते प्रणामीका गुरु डाक्टर सदानन्द महाराजले अस्पतालको उद्घाटन गरेपनि सञ्चालनकाे स्विकृती नपाउदा अस्पतालले सामानय चेकजाच बाहेकका अन्य उपचार सेवा प्रदान गर्न पाएकाे थिएन ।
साेमबार बसेकाे बैठकबाट सञ्चालनकाे स्विकृती पाएसंगै अस्पताल प्रसाशनले थप सेवा सुविधा बिस्तारकाे तयारी अघि बढाएकाे छ ।


Discussion about this post