इटहरी । झण्डै ९ महिना पछि बसेको इटहरी उपमहानगरको १४५ औ कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले वर्तमान समयमा उठेको बेरूजु शिर्षक अन्तरगत सामाजिक सञ्जाल र बिभिन्न सञ्चारमाध्यममा प्रकासित समाचारबारे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । बैठकमा सदस्यहरूसंग बोल्दै मेयर पौडेलले इटहरीलाई बदनाम गराउन केहि सञ्चारमाध्यमहरू हात धोएर पछि परेको बताउदै यसमा केहि बैकल्पिक राजनीतक शक्तीको पनि मिलोमतो रहेको उल्लेख गरे ।
बेरूजु भन्नाले काम सम्पन्न भइ भुक्तानी भइसकेको रकमको बिल भर्पाइ नहुनु तथा केहि आवस्यक कागजात नभएको भन्ने बुजिन्छ तर नगरमा भ्रस्ट्रचार भएको सबै दोषी मेयर नै हो भन्ने एक खालको भ्रम पैदा गरिएको छ यसलाइ सबै मिलेर चिर्न आवस्यक छ मेयर पौडेलले भने । महालेखा परीक्षण प्रतिवेदनका अनुसार आर्थिक वर्ष गत वर्ष २०८०।८१ मा १ अर्व २६ करोड बेरूजुको विषय उठदा २०७९ ,८० मा बेरूजु स्थिती १ अर्ब १० करोड रहेको मेयर पौडेलले बताए । उनले २०७९ ,८०काे महालेखा परिक्षण प्रतिवेदन हेर्न सुझाव समेत दिए ।
उनले आफ्नो पालामा १६ करोड मात्रै बेरुजु थपिएको बताउँदै १ अर्ब १० करोड पुरानै सरकारको पालाको बेरुजु रहेको बताए । ‘पुरानो सरकारले काम गर्दा तीन वर्षमा ८८ करोड बेरुजु थियो, हाम्रो त जम्मा २६ करोड त हो,’ उनले भने, ‘त्यो पनि घटाउँछौं । हामी काम गर्दैछौं । छोडेर हिडेका छैनौं, १० करोड सम्परिक्षणबाट फर्छ्यौट हुने बेरुजु छ, कानुन बनाएर काम गरौं ।’
बेरूजु कम गराउन छुट्टै निकाय स्थापना गरि यथाशिघ्र कार्यानवयनमा ल्याइने मेयर पौडेलले बताए । तर समाचार र सामाजिक सञ्जालमा यहि मेयरले इटहरी सकेछ भने जस्तै नगरवासिमा नकरात्मक हल्ला फिजाइएको प्रति दुख लागेको मेयर पौडेलले बैठकमा राखे । सामाजिक सञ्जालमा उठाइएको १ अर्व २६ करोड मध्ये १ अर्व १० करोड तत्कालिन मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्षमी गौतमको नेतृत्तवको पालामै रहेको उल्लेख गरे ।
आफुले नेतृत्व गर्दा बेरूजुदर २६ करोड देखिएपनि कतिपय नियमित काम गर्नुपर्ने , कति असुल उपर गर्नुपर्नेछ रु मात्रै रहदा पनि सामाजिक सञ्जालमा नेतृत्व र उपमहानगरकै बदनाम गराइरहेको उनले जिकिर गरे । सामाजिक सञ्जालमा उपमहानगर र नेतृत्वको चर्को आलोचना भइरहदा वास्तविकता केहो भनेर नगरवासिलाइ बुझाउनुपर्ने समय आएको मेयर पौडेलले भने ।


Discussion about this post