- तेज बन
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित त्रिवेणी टोलका युवराज आचार्यले सञ्चालन गरेको आचार्य होटलमा दैनिक सय देखि डेढ सय जना चिया तथा नासता गर्न आउछन । सरकारी जागिरे देखि एनजिओमा कार्यरत कर्मचारी र थोरै स्थानियहरू पनि उनको पसल सम्म पुगेर चिया पिउने गर्छन । देशको बर्तमान राजनीतिक अवस्थाबारे नकरात्मक टिका टिप्पणी गरी शिर्ष नेताहरूबिरूद्ध गालीको वर्षा चिया पसलमा चल्छ । आचार्यको पसल मात्र हैन इटहरीको अधिकांस गल्लीमा स्थापित चिया पसलमा आज भोली यस्तै नकरात्मक टिका टिप्पणी हुने गर्छ । कोही राजतन्त्र आवस्यक भनेर चर्चा गर्छन त कोहि गणतन्त्र नै ठिक तर कानुन पालना चै कडाइका साथ हुनुपर्ने जिकिर गर्छन । पछिल्लो देशको राजनीतिक अवस्था र शिर्ष नेताहरूप्रति जनतामा छाएको निरासाका कारण यस्तो टिका टिप्पणी हुनु स्वोभाविक रहेको आचार्य होटलका सञ्चालक युवराज आचार्य बताउछन । नकरात्मक टिका टिप्पणी भइरहदा सकारात्मक कुराहरू ओझेलमा पो पर्ने हो कि भन्ने आशंका आचार्यको छ ।
इटहरी क्षेत्रमा सञ्चालित चिया पसलमा अहिले शिर्ष नेताहरूबिरूद्धको आवाजहरू गुञ्जिने गरेका छन । बिगतमा यति धेरै नकारात्मक चर्चा हुने गरेको थिएन तर अहिलेको सरकार अनी मन्त्री तथा नेताहरूले गरेको कामको विषयलाइ लिएर चौतर्फी आलोचना हुने गरेको इटहरी कटुवाल होटलका सञ्चालक गोविन्द कटवाल बताउछन । हुन त समय नै सोसल मिडियाको छ साना साना कुराहरू सामाजिक सञ्जालमा क्षणभरमै भाइरल हुने गरेका छन देशको मुद्धामा चर्चा हुनु स्वोभाविक नै होला कट्वालले भने । पछिल्लो समय देशका शिर्ष नेता तथा मन्त्रीहरूको गोप्य भिडियो बाहिरिनुका साथै पालै पिलो कान्डै कान्ड बाहिरिन थालेपछि जनतामाझ छाएको निराशाको नतिजा नै चिया गफ रहेको कटवाल बताउछन ।
चिया पसलमा भेला भएर यसरी टिका टिप्पणी गर्नेहरूमा ज्येस्ठ नागरिकहरू बढि देखिन्छन । स्थानिय चिया पसलमा देखिएका उमेरले ७३ वर्ष पार गरेका इटहरी ५ का योगेन्द्र घिमिरे देशको कुनै नेता मन नपर्ने बताउछन । बर्तमान अवस्थामा नेताहरूको चालामाल देखेर उदेका लागेको बताउछन । समाचार देखि बाहिरका खबरहरू सुन्छु यता पनि भ्रस्ट्रचार उता पनि भ्रस्ट्रचार मात्रै भनेको हुन्छ यस्तो सुन्दा उदेक नै लाग्छ घिमिरेले भने ।
यता राजनीतिकर्मीहरूको कुरा बेग्लै छ । इटहरी एमाले अध्यक्ष यामकुमार सुब्बा देशमा गणतन्त्र स्थापना पछि धेरै बिकाश निर्माणका काम भएको र अहिले नै हरेस खाइहाल्नुपर्ने अवस्था नदेखिएको बताउछन । जमाना सामाजिक सञ्जालको छ सानो कुरालाइ पहाड बनाएर हल्ला फिजाउन समय लाग्देन स्थानिय चिया पसलमा शिर्ष नेताहरू बिरूद्ध टिका टिप्पणी हुनु सामान्य हो उनले भने ।
देशको शिर्ष नेताहरू भन्दा पनि आफ्नो गाउ ठाउको अवस्थाबारे जान्न र बुज्न शुब्बाले स्थानियहरूलाइ सुझाव दिए । चिया पसलमा भेला भएर राजनीतिक शिर्ष नेताहरूलाइ गाली गर्नुको सट्टा आफु बसेको वडामा के कती विकाशका कामहरू भए त्यो नियाल्न र जनप्रतिनिधिलाइ खबरदारी गराउन आवस्यक रहेको सुब्बाले बताए ।
यता नेपाली कांग्रेसका नेता तथा उपमहानगरका प्रवक्ता दिवश पोख्रेलले शिर्ष नेताहरू प्रति आलोचना गर्नु भनेको जनतामा निराशा छाउनु हो जुन स्वोभाविक देखिएको बताउछन । तर सधै नकारात्मक बिचारमात्रै उत्पन्न गर्दा सकारात्मक सोच हराउन सक्ने भएको हुदा त्यसतर्फ ध्यान पुर्याउन जरूरी रहेको पोख्रेल बताउछन । शिर्ष नेताहरू प्रति टिका टिप्पणी गरेसंग स्थानिय स्तरमा भएका गतिविधीहरू पनि नियाल्नुपर्ने उनले सुझाव राखे ।


Discussion about this post