- तेज बन
इटहरी । इटहरी उपमहानगर क्षेत्रमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आयोजना गरेको एक दिने योजना तर्जुमा कार्यशालामा सार्वजिनक भएको तथ्यांकले यस्तो पुस्टी गरेको हो । उपमहानगरले क्षयरोग न्युनिकरणको निमित्त बिभिन्न योजना ल्याएपनि पछिल्लो ३ वर्ष यता रोगकै कारण मृत्युदर बढेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९।८०मा क्षयरोगका कारण २६ जना , ८०,८१मा बढेर ३१ जना र ८१ ,८२ मा ३५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वडा नं ६ स्थित ज्येस्ठ नागरिकको सभाहलमा आयोजित क्षयरोग मुक्त अभियान सम्बन्धी वडास्तरीय एक दिने सुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठीमा सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांक अनुसार इटहरीको ग्रामिण बस्ती भन्दा सुगम शहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । वडा नं ६ मा मृत्युदर क्रमश बढेको देखिन्छ । त्यस्तै वडा नं ४,९ र २० मा पनि क्षयरोगको उपस्थिती वर्षेणी बढदै गएको देखिएको छ । वडा नं ६ को कुल जनसंख्या ७,५०६ मध्ये यो आर्थिक वर्षभित्र क्षयरोगका कारण ५ जनाको मृत्यु भएको देखिन्छ ।अघिल्लो वर्ष मृत्युदर ३ मात्रै थियो । त्यस्तै यो वडामा संक्रमणको अवस्था पनि अन्यको तुलनामा बढि देखिएको छ । ६ नं वडामा अघिल्लो वर्ष २७ जना र यो वर्ष ३१ जनामा क्षयरोगको संक्रमण देखिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै वडा नं ९ मा गएको वर्ष क्षयरोगबाट ४ जनाको मृत्यु भएको देखिन्छ भने यो वर्ष एक जना बढेर ५ जना पुगेको छ ।त्यस्तै संक्रमणको अवस्था अघिल्लो वर्ष २३ जना थियो यो वर्ष २६ जनामा देखिएको छ । नौ नं वडामा कुल ९ हजार ६ सय ६५ जनसंख्या छ । । त्यस्तै वडा नं ४ मा गएको वर्ष क्षयरोगबाट २ जनाको मृत्यु भएको थियो भने यो वर्ष ४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यो वडामा क्षयरोगबाट यस वर्ष २३ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ । वडा नं २० तरहरामा पनि क्षयरोगको उपस्थिती बढेको देखिएको छ अघिल्लो वर्ष यो रोगबाट १ जनाको मात्रै मृत्यु भएको थियो भने यो आर्थिक वर्षमा ३ जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ । अन्य वडाहरूमा भने रोगको संक्रमण र मृत्युदरले प्रभाव नपारेको बताइएको छ । तथ्यांक अनुसार अधिकांस ज्येस्ठ नागरिकहरू यो रोगबाट प्रभावित छन । इटहरीमा उमेर समुहको हिशाबले ३५ देखि माथिका उमेर भएकाहरू यो रोगबाट प्रभावित भएको तथ्यांकले देखाएको छ ।
बढदो शहरिकरण संगै शौखिन खानपानका कारण यो रोग लाग्ने क्षयरोग सहायक तथा भोकल पर्सन एवम कार्यक्रमकी सहजकर्ता सुनिता गिरीले बताइन । क्षयरोगलाइ लक्षित गरि केहि समय अघि आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ३५००लाइ परिक्षण गर्दा १३९ जनामा संक्रमण देखिएको तर ति मध्ये २९ जनामात्रै नियमित चेकजाच गर्न स्वास्थ्य चौकी समम पुगेको बाकी उपचार गराउनै नमानेको तर घरमै पुगेर परामर्श र औषधी प्रदान गरिएको सहजकर्ता गिरी बताउछिन ।
सामाजिक मान प्रतिस्ठामा आच आउने डरले अधिकांस क्षयरोगका बिरामीहरू अस्पताल समम पुग्नै नमान्ने अध्यनले देखाएको सहजकर्ता गिरि बताउछिन । क्षयरोग लागेको पत्ता लागे समयमै उपचार सम्भव हुने उनको भनाइ छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक अध्यन गरेको उनले बताइन ।
तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्ने गिरि बताउछिन । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्ने उनको भनाइ छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको क्षयरोग विशेषज्ञहरू बताउछन ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने विशेषज्ञहरूको भनाइ छ । यसै बिच आगामी वर्ष २०८३ मा इटहरी उपमहानगरको ६ नं वडालाइ क्षयरोग मुक्त वडा बनाउन बिभिन्न योजनाहरू पास गरिएको छ । वडामा रहेका सबै टोल कमिटिहरूमा रोग सम्बन्धी सचेतना कार्यक्रम , सार्वजनिक स्थहरूमा प्रचार प्रसारका सामग्री बितरण तथा सहजिकरण , रोगको पहिचान गरि अस्पताल सम्म ल्याउने ब्याक्तीलाइ प्रोत्साहन स्वोरूप नगद पुरस्कार , बिद्यालय स्तर देखि कर्मचारी सम्मलाइ रोगबारे सचेतना कार्यक्रा तथा निशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरिने भएको छ । बनाइएका योजनाहरू तत्काल कार्यानवयन हुने वडाध्यक्ष दिवश पोख्रेलले बताए । आगामी वर्ष इटहरीको ६ नं वडालाइ क्षयरोग मुक्त वडा बनाउन सबै एक भएर जुट्न वडाध्यक्ष पोख्रेलले अनुरोध गरेका छन ।


Discussion about this post