इटहरी । बजाज अटो सिटी इटहरीले इटहरी मिलनचोक बुढीखोला छेउमा असार ८ गतेदेखि १३ गतेसम्म ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। पुरानो बाइक एक्सचेन्ज गर्ने, थोरै कागजातमा नयाँ बाइक किन्ने अवसर यस मेलामा प्रदान गरिनेछ।
मेला अवधिभर ग्राहकहरूले केवल नागरिकताको आधारमा बजाज बाइक किस्ताबन्दीमा सजिलै फाइनान्स गर्न सक्नेछन्। कम्पनीले शून्य सर्भिस चार्ज, अन द स्पट लोन, १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन, निःशुल्क एसेसरिज, र विशेष छुट जस्ता सुविधा समेटिएको योजना सार्वजनिक गरेको हो।
पुरानो बाइकको उचित मूल्याङ्कन गर्न अनुभवी भ्यालुएटरको टोली मेला स्थलमै रहनेछ, जसले जुनसुकै कम्पनीका बाइक तथा स्कुटरको मूल्याङ्कन गरेर थप १० हजारसम्म बोनससमेत दिनेछन्। साथै, मेला अवधिभर किनिने बाइकमा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक कर निःशुल्क हुनेछ।
सामान्यतया किस्तामा मोटरसाइकल खरिद गर्न आवश्यक पर्ने लालपुर्जा, बिजुली/पानीको बिल, आय स्रोत प्रमाणपत्र आदि झन्झटरहित बनाउँदै, कम्पनीले एक घण्टाभित्रै लोन पास हुने सुविधा पनि उपलब्ध गराउनेछ।
बजाज ग्रान्ड एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को समन्वयमा आयोजना हुने नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल एक्सचेन्ज अभियान हो।
बजाज अटो सिटी इटहरीका सञ्चालक प्रदीप सन्थलियाका अनुसार, “ग्राहकहरूले जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउन सक्नेछन् र अनुभवी भ्यालुएटरबाट उच्च मूल्य पाउँदै बजाजको नयाँ मोडेल सजिलै खरिद गर्न सक्नेछन्।”


Discussion about this post