इटहरी । सत्तारुढ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ। शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार निधन भएको थियो।
सभापति शेरबहादुर देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन्। पार्टीका पदाधिकारी, नेता–कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। शास्त्रीको पार्थिव शरीर ११ बजेसम्म पार्टी कार्यालयमै राखिने छ।


Discussion about this post