इटहरी । ग्रामिण क्षेत्रका जनतालाइ सर्वसुलभ मुल्य सहित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्येश्य सहित १० करोड लगानीमा स्थापना गरिएको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल उदघाटन भएको दुई महिना बितिसक्दा पनि स्थानिय सरकारबाट सञ्चालनको अनुमती नपाउदा समस्यामा परेको छ । १५ शैया सम्मको अस्पताल सञ्चालन गर्नु परे स्थानिय सरकारको अनुमती लिनुपर्ने कानुनी प्रावधान छ । बाजा गाजा र भब्य कार्यक्रम सहित गत बैशाख १ गते नै उदघाटन गरिएको सो अस्पताल दुई महिना बितिसक्दा पनि सञ्चालन स्विकृती पाएको छैन ।
सुनसरी र मोरङको सिमामा पर्ने बुढी गंगा जमुना मुक्ती घाट परिसरमा स्थापित अस्पतालले स्विकृती नै नपाएपछि सेवा समेत सुचारू गर्न नपाइएको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल सञ्चालक समितीका अध्यक्ष हेम घिमिरेले बताए ।अस्पताल सञ्चालनको स्विकृती लिन पटक पटक उपमहानगरपालिका धाउदा पनि कहिले प्रमुख प्रसाशकीय अधिकृत नहुने कहिले मेयर नभेटिने जस्ता समस्या देखिएको अध्यक्ष घिमिरे बताउछन । अस्पताल परिसरमा अहिले दैनिक सय जना भन्दा बढी बिरामीहरू आउने गरेपनि सामान्य चेकजाच बाहेकका अन्य उपचार गराउन नसकिएको अध्यक्ष घिमिरे बताउछन । अहिले अस्पतालसंग दैनिक विशेषज्ञ सेवा , भिडियो एक्स्रे , ल्यावहरू पनि सञ्चालनमा आइसकेका उनले बताए । अस्पताल सञ्चालानार्थ महगो उपकरण खरिद गरि सेवा सुचारू गर्ने उदघोष गरिसकेको अवस्थामा उपमहानगरले सञ्चालन स्विकृती नदिदा समस्या जटिल बनेको उनले बताए ।यद्यपी अस्पतालले अहिले पनि निशुलक ओपिडि सेवा प्रदान गरिरहेकाे अध्यक्ष घिमिरे बताउछन ।
इटहरीमा क वर्गको सुविधा सम्पन्न अस्पताल अभाव खडकिरहेको बेला १० करोडको लगानी सहित १५ शैयाको एम.आर.एस प्रणामी हस्पिटल स्थापना गरिएको थियो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीको ४६ औं वार्षिकोत्सवको अवसर पारेर अस्पताल उदघाटन संगै ५०० बेड क्षमताको अस्पताल शिलन्यास समेत गरिएको थियो । प्रणामीका गुरू डा. सदानन्द महाराजले सो अस्पतालको उदघाटन तथा शिलन्यास गरेका थिए ।
यता इटहरी उपमेयर संगीता कुमारी चौधरीले अस्पताल उदघाटन देखि सेवा सुचारू गर्ने सममको कुराहरू आफुले जानकारी पाइसकेपनि सञ्चालनको स्विकृति दिने या नदिने भन्ने अधिकार कार्यपालिका बैठकबाट पारित भएपछि मात्रै थहा हुने बताइन । असार १० गते भित्र आगामी वर्ष २०८२ ,८३ को बजेट सार्वजनिक गरिसक्नुपर्ने भएकोले आफुहरू त्यसेको तयारीमा जुटेको र यथाशिघ्र कार्यपालिका बैठक बसेर अस्पताल सञ्चालन स्विकृत संगै अन्य विषय पनि समावेस गराइने उपमेयर चौधरीले बताइन ।
बिना सुचना ११ जना कर्मचारी निकालीयो
अस्पताल प्रसाशनले बिना सुचना सफाइ कर्मचारी देखि नर्स सम्म ११ जनालाइ जिम्मेवारीबाट हटाएपछि उनिहरूले आन्दोलनको चेतावनी दिएका छन । तिन महिनादेखि काम लगाएर दुइ महिनाको मात्रै पारिश्रामीक दिएको र बिना सुचना कामबाट निकालेको प्रती खेद ब्यक्त गर्दै आन्दोलनको तयारी थालेको निस्कासित कर्मचारीहरू बताउछन । अस्पताल प्रसाशनले सफाइ कर्मचारी दुइ जना सहित केहि नर्स र भित्रकै कर्मचारी निकालेपछि उनिहरूले आन्दोलनको चेतावनी दिएका हुन । काम लगाएर बिना सुचना निस्कासन गरेपछि आफुहरू आन्दोलन संगै सम्बन्धित निकायमा उजुरी दिने तयारीमा जुटेको एक सफाइ कर्मचारीले नाम नबताउने सर्तमा बताइन
यता अस्पतालका अध्यक्ष हेम घिमिरेले भने उहाहरूलाइ जिममेवारबाट हटाएको नभएर केहि समय बिदामा बस्न भनिएको जिकिर गरे । अस्पतालले त्तकालिन अवस्थामा खर्च धान्न नसकेपछि उहाहरूलाइ केहि समय होल्डमा बसिदिन आग्रह गरिएको उल्लेख गरे । अस्पतालले खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि उहाहरूलाइ केहि समय सम्म बिदामा बस्न भनिएको तर कामबाट भने ननिकालिएको अध्यक्ष घिमिरेले दाबी गरे । अस्पतालले सञ्चालनको स्विकृती पाए लगततै पुनःउहाहरूलाइ काममा बोलाइने पनि अध्यक्ष घिमिरेले बताए ।


Discussion about this post