- तेज बन
इटहरी । केहि दिन यता पूर्वी तराइका जिल्लाहरूमा अत्याधिक गर्मी बढ्न थालेपछि आन्तरिक एवम बाहिय पर्यटकहरू सितल ताप्न धनकुटाको भेडेटार हुदै नमस्ते झर्ना पुग्ने गरेका छन । मोसम बिभागका अनुसार तराइका जिल्लाहरूमा दैनिक ४२ डिग्री सम्मको गर्मी हुन थालेपछि सितल ताप्न पर्यटकहरू नमस्ते झर्ना सम्म पुग्ने गरेका हुन ।तराइमा बढेको अत्याधिक गर्मी छल्न पर्यटक संगै स्थानियहरू पनि पहाडको चिसो संग रमाउन नमस्ते झर्ना सम्म पुग्ने गरेका छन ।
विशेष गरी सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी सर्लाही हुदै भारतको बिभिन्न राजयहरूबाट पनि झर्ना अवलोकन गर्न आउनेहरूको संख्या बढेको होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले बताए । बिगतमा शनीबार र बिदाको दिन एवम पिकनिकको बेला मात्रै पुग्ने पर्यटकहरू अहिले तराइमा गर्मी बढेसंगै सितल ताप्न भेडेटार हुदै नमस्ते झर्ना सम्म पुग्ने गरेका हुन । पर्यटकहरू गर्मी छल्न मात्र नभइ करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरासंग रमाउन त्यस क्षेत्रको दृस्यहरू अवलोकन तथा आफ्नो क्यामारामा उतार्न समेत पुग्ने गरेका छन ।
गत २०७५ असार १ गते नुहाउने क्रममा माथीबाट ढुंगा खसेर टाउकोमा लागदा इटहरीका विक्रम तामाङको मृत्यु भएपछि पर्यटकिय स्थल नमस्ते झरना स्थानिय तथा पर्यटकहरूकालागि बन्द गरिएको थियो । झण्डै एक वर्ष पछि नयाँ व्यवस्थापन संगै खुल्ला गरिएको झर्नाले केहि समय पर्यटकहरू पाएन । तर पछिल्लो २ वर्ष यता भने आन्तरिक पर्यटकहरूको घुइचो बढेको त्यहाका अगुवाहरू बताउछन ।
बिगतमा एकजना गोठालो समेत जान डराउने नमस्ते झर्ना भएको ठाउमा अहिले गर्मी छल्नकै लागि दैनिक ३ हजार सम्म आन्तरिक तथा बाहिर पर्यटकहरू पुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बू बताउछन । पर्यटकहरूको लागि भेडेटार पछिको मुख्य गन्तब्य नै नमस्ते झर्ना बन्ने गरेको सल्लाहाकार लिम्बु बताउछन ।यहाको मौसम सदावहार चिसो भइरहने हुदा गर्मि याममा पर्यटकहरू आउनु स्वोभाविक नै हो तर यो वर्ष संख्या झण्डै दुइ गुणाले बढेको सल्लाहाकार लिम्बु बताउछन ।
विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारत , बंंग्लादेश , ढाका लगायतका देशबाट पनि पर्यटकहरू आउने गरेको सललाहाकार लिम्बु बताउछन । भौतिक पूर्वाधार मा उल्लेखनीय सुधार गर्दै पर्यटकहरूलाइ लोभ्याउन सडक देखि होटलहरू सम्मको बिस्तार गरेपछि झर्नामा पुगेर सेल्फि खिच्ने , टिकटक बनाउने र म्युजिक भिडियो बनाउनेहरूको पनि लृको लाग्ने गरेको त्यहाका स्थानियहरू बताउछन ।
गर्मीका कारण घरमा बस्न सकिने अवस्थै छैन त्यहि भएर परिवारै गाडी रिजर्व गरेर आएको मोरङ बिराटनगर तुलसा टोलकी अमृता बुढाथोकि बताउछिन । तिन वर्ष पछि झर्ना हेर्न दोश्रो पटक आएको अमृता बताउछिन । उनले पहिला बाटो राम्रो नभएको तर अहिले चौतर्फि बिकाश र परिवर्तनहरू भएको महसुस गरेको बताइन ।
त्यस्तै अत्याधिक गर्मी बढेपछि इटहरीबाट नुहाउनकै लागि भनी आएका राकेस पाख्रिन झर्नाको सौन्दर्यताले मनै लोभ्याउने बताउछन । यतैको स्थानिय भएकाले आफु धेरै पटक आएर अवलोकन गर्नुका साथै यहा सुधार गर्नुपर्ने कुराहरूबारे समितिलाइ सुझाव समेत दिने गरेको उनले बताए ।
यता झर्ना अवलोकन गर्न आउने पर्यटकहरूसंगै होटल व्यवसायहरू पनि थपिने क्रम बढेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बू बताउछन ।सुरूवाती समयमा ५ वटा छाप्रे होटलमात्र रहेको त्यस स्थानमा अहिले तीन दर्जन बढी सुविधा सम्पनन होटलहरू स्थापित भइसकेको सललाहाकार लिम्बु बताउछन । अहिले नभएको पनि यहा दैनिक १० हजार मजाले कमाइ हुने होटल व्यवसायी कल्पना लिम्बु बताउछिन ।बिगतको तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् । झर्ना सम्म पुग्ने बाटो फराकिलो बनाएसंगे पर्यटकहरूको घुइचो लाग्दा होटल व्यवसायीहरू पनि मालामाल बनेको त्यहाका व्यवसायीहरू बताउछन ।


Discussion about this post