इटहरी । सुनसरीको इटहरीस्थित एक होटलमा चार दिन देखि बन्धक बनाइएका १२जना बालबालिकाको उद्धार गरिएको छ । मंगलबार इलाका प्रहरी कार्यालय इटहरी , मानवअधिकारकर्मी , भोइस अफ चिलड्रेन लगायतका सामाजिक संस्थाहरूको सकिृयामा चार दिन देखि बन्धक बनाइएको १७ वर्ष मुनीका १२ जना बालबालिकाहरूको उद्धार गरिएको हो ।
इटहरी उपमहानगर ९ बसपार्क क्षेत्रको बन्दना होटलको एउटै कोठामा बन्धक बनाइएका १२जनालाइ उद्धार गरिएको बाल अधिकारकर्मी भोइसअफ चिल्ड्रेन कोशी प्रदेशका प्रमुख भरत थापाले बताए ।
पूर्वी पहाडी जिल्ला संखुवासभा , भोजपुर , धनकुटा तथा काठमाडौं ,सिन्धुपाल्चौक ,गोरखा लगायतका जिल्लाहरूबाट जागिर लगाइदिने भन्दै इटहरी सम्म ल्याएर बन्धक बनाइएको अवस्थामा १२ जना बालबालिकाहरूको उद्धार गरिएको अधिकारकर्मी थापाले बताए । ब्लेस ग्लोबल इन्टरनेश्नल नामक मार्केटिङ कम्पनीले मासिक १५ हजार देखि ३० हजार सम्म दिने प्रलोभन सहित आफुहरूलाइ इटह्ररी ल्याएर होटलभित्र बन्धक बनाएर राखेको पीडित बालिकाहरूले बताए ।
जागिर लगाइदिने प्रलोभनमा ल्याएका ब्याक्तीहरूले आफुहरूमाथी यौन दुर्वयहार समेत गरेको पिडितहरूले बताएका छन ।प्रहरीका अनुसार काठमाडौंको चावहिलमा सञ्चालनमा रहेको वेल्स ग्लोवल इन्टरनेशल प्रालिले हर्बल कम्पनीबाट उत्पादित सामग्री विक्रीका लागि मार्केटिङ् गर्नेको विज्ञापन टिकटिकमार्फत गरेपछि विभिन्न जिल्लाबाट आवेदन दिएर बालबालिकासहित व्यस्कहरुले काम गर्न थालेका थिए । शुरुवातमा काठमाडौंमै एक महिना काम गरेर पूर्वको इटहरीलाई केन्द्र बनाएर मार्केटिङ् गर्न आएकामध्ये सिन्धुपाल्चोक घर भएकी २२ वर्षे युवतीले शरीर बन्धक बनाई यौन दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा बालबालिकालाई उद्दार गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार उद्दार गरिएकामध्ये दुई जनालाई स्वास्थ्य परीक्षण गरेर सुरक्षित स्थानमा राखिएको छ भने बाकि अन्यलाइ सोहि होटलमा प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ ।
होटलमा राखेर बालबालिकालाइ बन्धक बनाएको र यौन दुव्र्यहार गरेको अभियोग सहित प्रहरीले दुइजनालाइ पक्राउ गरी आवस्यकीय अनुशन्धान अघि बढाएको छ । सो घटनामा यौन दुव्र्यहारको आरोपमा वेल्स ग्लोवल इन्टरनेशल प्रालिमा मार्केटिङ् म्यानेजरको रुपमा कार्यरत ओखलढुंगा खिजीदिम्बा गाउँपालिका वडा नं। १ का २९ वर्षे तिलक श्रेष्ठ र सोलु नेचाकी २२ वर्षे टीका कट्टेललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको जनाएको छ । साथै बालबालिकाहरलाइ काममा लगाउने ब्लेस ग्लोबल इन्टरनेश्नल प्रालीको बारेमा पनि सोधपुछ तथा अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।


Discussion about this post