इटहरी । सुनसरीको इटहरीबाट अहिले सम्मकै ठुलाे परिमाणमा प्रतिवन्धित लागू औषध गाँजासहित तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । मङ्गलवार बिहान १:३० बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख.६११६ नम्बरको सेतो मिनी ट्रकबाट ७० बाेरा (२१००) किलाे अवैध गाँजा सहित उनिहरूलाइ पक्राउ गरिएकाे इटहरी प्रहरीले जनाएकाे छ । तरकारी बाेकेकाे मीनी ट्रकमा गाँजा छ भन्ने सुचना पाएकाे प्रहरीले तरहरा जंगलमा चेकिङ थापेर नियन्त्रणमा लिएकाे हाे ।
गाँजासहित ट्रक चालक धनकुटा जिल्ला, सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई, र चेकजाँच स्थलमा शङ्कास्पद रूपमा उपस्थित सुनसरी, वराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न कार्यालयमा राखिएको छ। बरामद गरिएको गाँजा र ट्रकसमेत नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Discussion about this post