इटहरी । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यालयमा जडान गरिएको लिफ्टमा भ्रष्टाचार भएको दावीसहित युवराज सफलले बालेनविरूद्व उजुरी दिएका हुन् ।
‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा – ११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो’, उजुरीमा भनिएको छ ।


Discussion about this post