इटहरी डेस्क । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई गरेको छ। पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन्।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ। उनीहरुमाथि थप अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।उनीहरुले रोजगारीको लागि बेलायत पठाइदिन्छौँ भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोप छ। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए।
Discussion about this post