रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्यो: जेलेन्स्की
- चैत्र २३, २०७८ मा प्रकाशित
किभ: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको थियो र रूसी ट्यांकले मानिसहरूलाई ‘आनन्दको लागि’ कुचेको बताए ।
बुचा सहरमा सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा भएको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिरहरूको ग्राफिक भिडियो देखाएका थिए । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी र जानाजानी मा¥यो’, उनले भने ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे ।
‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झूट सुनेका छौं’, उनले भने । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments