एट्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड
- चैत्र २, २०७८ मा प्रकाशित
काठमाडौं: इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे ।
स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए । जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments