‘मिस उर्लाबारी’को तेस्रो संस्करण, चैत अन्तिममा फिनाले
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
इटहरी ।प्रतिभा उजागर गर्ने उद्धेश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ। प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ।
सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए।
पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायक थिए।
दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ। यस पटक ‘मिस उर्लाबारी’मा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ।
प्रशिक्षण शुल्कसमेत नलिने संयोजक चिमरियाले बताए। चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको विजेता नेमिता आङबुहाङ हुन्। दोस्रो संस्करणको विजेता रुशाली केसी हुन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments