•  ८ मंसिर २०८१, शनिबार
  •  1:25:07 AM

नेपाली कांग्रेसको श्रमिक टोल कमिटि गठन

- फाल्गुन २६, २०७८ मा प्रकाशित



इटहरीः आासन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले टोल कमिटि गठनलाई तिव्रता दिएको छ ।

कमिटि विस्तारका क्रममा आज इटहरी ४ स्थित श्रमिक टोलमा पनि पार्टीले टोल कमिटि गठन गरेको इटहरी ४ नम्बर वडा सभापति विक्रम थापाले जानकारी दिए । उनका अनुसार शोभित पौडेलको सभापतित्वमा ३५ सदस्यीय टोल कमिटि गठन गरिएको हो । टोल कमिटि गठन कार्यक्रमलाई पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधित्रय विकास केसी, भीम पौडेल तथा शुशीला चौधरी लगायतले सभ्बोधन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले इटहरीमा विगत २९ वर्षदेखि निरन्तर रुपमा स्थानीय निर्वाचन जित्दै आएको नेकपा एमाालेले मतदातालाई झुक्याउने काम मात्र गरेकाले विकासको वास्तविक अनुभूतिका लागि नेपाली कांग्रेसलाई जिताउन मतदाताहरुलाई आह्वान गरेका थिए । हाल स्थानीय सरकारमा प्रमुख पार्टीका रुपमा रहेको नेकपा एमालेले सीएफएल चिम खरिद, कोरोना महामारीका समयमा क्वारेन्टाइन व्यवस्थापनजस्ता थुप्रै कामहरुमा चरम आर्थिक भ्रष्टाचार गरेको वक्ताहरुको आरोप थियो ।

कांग्रेसले निर्वाचन जितेमा स्थानीय मतदाताले अनुभूत गर्नेगरी सार्वजनिक शौचालय, अस्पतालजस्ता पूर्वाधार निर्माण गर्ने भन्दै उनीहरुले एक पटक आफूहरुलाई सेवाको मौका दिन आह्वान गरेका थिए ।

Comments

सम्बन्धित खवर