•  ८ मंसिर २०८१, शनिबार
  •  7:38:53 PM

प्रदेश १ को नाम कोसी राख्नुपर्छः एमाले अध्यक्ष ओली

- फाल्गुन २१, २०७८ मा प्रकाशित



इटहरीः प्रदेश १ को नामकरण हुन नसकिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्नुपर्ने सुझाव दिएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज झापाको विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामकरण कोसी गर्दा हुन्छ ।’

प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठको सालिकमा माल्र्यपणसमेत गरेका थिए ।

Comments

सम्बन्धित खवर