•  १० मंसिर २०८१, सोमबार
  •  12:03:55 PM

स्थानिय तह निर्वाचन अघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने

- माघ २३, २०७८ मा प्रकाशित



काठमाडौं: महाधिवेसन सम्पन्न गरेको झन्डै दुई महिना पछि  नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।

आगमी २७ माघमा बोलाईएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।
गत पुस ११–१९ मा सम्पन्न महाधिवेसनले २  सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार बर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रिय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।

माओवादीले गत महाधिवेसनवाट पारित गरेको बिद्यान अनुसार बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्सीय पदाधिकारी बनाउने छ । 
यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र  बाँकी रहेका खाली कोटामा केन्द्रिय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन । उनका अनुसार स्थानिय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रिय समितिवाट नै बाँकी पदपुर्ति र समितिलाई पुर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।

निर्वाचन आयोगले ४ जेठ भित्रै स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख  गर्दै सरकारको ध्यानाकर्षण गराईसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो बिषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन । -न्युज कारखाना

Comments

सम्बन्धित खवर