दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
- मंसिर ८, २०८१ मा प्रकाशित
इटहरी ।साइबर अपराध आरोपमा हाल प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश अधिकारीले दिएको जानकारीअनुसार प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते कोसी गाउँपालिका-३ का फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।‘मेहताको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबार मृत्यु भयो’, उनले भने।
प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिका-३, नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइते भएका थिए। दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई तत्काल सप्तकोसी न्युरो अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ १० दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि यही मंसिर ५ गते नोबेल अस्पताल पठाइएको थियो।
प्रहरीका अनुसार मृतक मेहताका परिवारजनले भने सप्तकोसी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन्।ठक्कर दिने गाडीका चालक हाल झापा निवासी सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments