इटहरी र विराटनगरमा आज बिशाल रथयात्रा , प्रदेशभर सार्वजनिक बिदा
- भाद्र ११, २०८१ मा प्रकाशित
इटहरी । सुनसरीकाे इटहरीमा साेमबार बिशाल रथ यात्रा निकालिदैछ ।इटहरीकाे बिराटनगर राेडस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रामा २० हजार बढीकाे सहभागीता रहने जनाइएकाे छ । रथ यात्रालाइ मध्यनजर गर्दै इटहरी प्रहरीले विशेष सुरक्षा तयारी गरेकाे छ । रथयात्रा इटहरीकाे बिराटनगर राेडबाट बिभिन्न चाैकहरू हुदै पुन राधाकृष्ण मन्दिर परिसदमा पुगेर समापन हुने छ । रथ यात्रा इटहरीमा साडे ३ बजे देखि सुरू हुने जनाइएकाे छ ।
यसै बिच मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ।यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ।
विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ ।रथयात्रालाई लक्ष्य गरी उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा सार्वजनिक बिदा छ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments