राेल्पामा पहिरोले घर पुरिंदा नातिनी–बोजु बेपत्ता
- श्रावण १९, २०८१ मा प्रकाशित
रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो । पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । घरमा देउसिंहकी आमा ६० वर्षीया बसुना सुनार र चार वर्षीया छोरीलाई पुरेको स्थानीयले बताएको डिएसपी लामाले जानकारी दिएका छन् ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ । सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए ।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता केशवराज बाराकोटीले उक्त घरमा बस्ने हजुरआमा र नातिनी नभेटिएका कारण पहिरोमा घरसँगै पुरिएको हुनसक्ने बताए ।
त्यस ठाउँमा फोन सम्पर्क पनि नभएका कारण थप जानकारी लिनका लागि कठिन भइरहेको पनि उनले बताएका छन् । ‘पहिरोले एउटा घर पुरै पुरेको भन्ने छ,’ उनले भने, ‘प्रहरी र स्थानीयले मिलेर उद्धारको प्रयास जारी राखेको छन् ।’ सुलिचौर लगायतका ठाउँबाट पनि उद्धार र खोजीका लागि थप प्रहरी घटनास्थल पठाइएको उनले बताए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
-
ताजा कार्तिक २३, २०८१‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड
-
ताजा कार्तिक २३, २०८१विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड
-
ताजा कार्तिक २३, २०८१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
-
ताजा कार्तिक २३, २०८१खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि …
Comments