चन्द्रकला सखीको अनुरोध : गल्ती सच्याइदिनुस्, मनोबल नघटाई दिनुस्
- श्रावण १९, २०८१ मा प्रकाशित
इटहरी । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ‘ट्रोल’ लाई लिएर चिन्तित देखिएकी छन् ।
आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरेकी छन् । कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको अभिव्यक्ति ‘ट्रोल’ भइरहेको छ ।
उनले दोस्रो दिनमा नै गल्ती स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि आज यस विषयमा उनले लामै प्रष्टीकरण दिएकी छन् । उनले आफूबाट भएको गल्ती सच्याई दिन तर मनोबल नघटाई दिन आग्रह गरिन् । आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले संकेत गरेकी थिइन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments