कोशीमा ‘फ्लोर क्रस’ : गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेकी कोइराला निर्वाचित
- माघ ११, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । आज (बिहीबार) भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् । एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मतभार पाइन् ।
कोशी प्रदेशमा नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार रुक्मिणी कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले मतदान गरेका छन् । विराटनगरमा भइरहेको मत गणनाअनुसार प्रदेश सांसदहरूतर्फ सत्ता गठबन्धनका तीन जनाको मत कोइरालालाई परेको हो । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ ।
कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन् । कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन् । कोइरालाले एमाले–राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन् । कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन् । कोशीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
Comments