विपिन जोशीको अवस्था यकिन गर्न सकिएन, खोजी जारी छ : दूतावास
- मंसिर ४, २०८० मा प्रकाशित
काठमाडाैं । इजरायलमा हमास समूहको बन्धकमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशी अझै फेला नपरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
इजरायलयको तेल अभिभस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत अक्टोबर ७ मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगिएका कञ्चनपुरका विपिनको पछिल्लो अवस्था एकिन गर्न नसकिएको जानकारी दिइएको हो।यद्यपि उनको खोजी जारी रहेको दूवतावासले जनाएको छ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुत्ज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments