आज महाकवि देवकोटाको जन्म जयन्ती मनाइँदै
- कार्तिक २६, २०८० मा प्रकाशित
इटहरी । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ । देवकोटाको निधन २०१६ सालमा भएको थियो ।
सम्बन्धित खवर
-
ताजा भाद्र २२, २०८१पल शाह भन्छन : काठमाडाैंमा घर बनाउने सपना थीयाे तर एउटै मुद्धाले सबै सपना चकनाचुर बनाइदियाे
-
ताजा भाद्र २२, २०८१इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु
-
ताजा भाद्र २२, २०८१सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर
-
ताजा भाद्र २२, २०८१राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री
-
ताजा भाद्र २२, २०८१चेपाङ समुदायले आज आज छोनाम मनाउँदै, यी तीन जिल्लामा सार्वजनिक बिदा
Comments