महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया टुङ्ग्याउन दिए तीन सुझाव
- कार्तिक १२, २०८० मा प्रकाशित
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विभिन्न तीन सुझाव दिएका छन् ।आज (आइतबार) देखि नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायको विषय टुंगोमा पुर्याउँदा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड, पीडित परिवार समुदाय र मानवअधिकारका विषयलाई हेक्का राख्नुपर्ने बताएका छन । उनले शान्ति प्रक्रिया टुंगो लगाउँदा पीडितको पक्षमा ध्यान दिन सुझाव दिए । नेपाल शान्ति र जनताको अधिकारको पक्षमा लामो समयदेखि वकालत गरिरहेको देश रहेको उनको भनाई छ ।
‘शान्ति प्रक्रियाका पक्षमा नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ,’ उनले भने । ‘नेपालको शान्ति प्रक्रिया टुंगो लगाएर पीडितलाई न्याय दिलाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड र मानवीय अधिकारका विषयलाई हेक्का राख्नुपर्छ ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments