आज कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम, १० हजारलाई निमन्त्रणा
- कार्तिक ११, २०८० मा प्रकाशित
काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले आज (शनिबार) दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रम दिउँसो २ देखि ५ बजेसम्म हुने पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो ।
बीपी कोइरालाले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गरेको चियापान कार्यक्रमले अहिले पनि देशमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पु¥याउने नेता खतिवडाले बताए ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अरु जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन् । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।
बीपी कोइरालाले २०३३ सालको पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान शुरु गरेको हो । कांग्रेसले बडादशैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । कांग्रेसले यसवर्ष झण्डै १० हजार जनालाई निमन्त्रणा कार्ड बाँडेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments