कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै
- कार्तिक १, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । विश्वासको मत पाउन नसकी एकै वर्षमा चार–चार वटा सरकार धरापमा परिसकेको कोशी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिन लागेका हुन् । यसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
विगतका चार वटा सरकार विश्वासको मत पाउन नसकेर धरापमा परे पनि कार्कीलाई भने प्रदेश सभाबाट विश्वासको मत जुटाउन कुनै सकस छैन । कांग्रेसका ८ जना सांसद र एमालेको साथ लिएर मुख्यमन्त्री पदमा दाबी गरेका कार्कीका पक्षमा एमाले मात्र होइन, केन्द्रमा सरकार चलाइरहेको सिंगो गठबन्धन नै तयार भइसकेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments