कोशीको मुख्यमन्त्री नियुक्तिका लागि सनाखत शुरु, कांग्रेसका केहि सांसद नआउने
- आश्विन २७, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो ।
गठबन्धनका शीर्ष नेतृत्वको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले दुवै पक्षका सांसदहरूबाट सनाखत गराउने निर्णय लिएका थिए । आफैले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।
मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङ्बोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले समय मागेका थिए । कांग्रेसका ४ देखि ५ जना सांसद भने सनाखत नगर्ने तयारीमा रहेको बुझिएको छ । आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका भनिएका कांग्रेसका केही सांसद भने सनाखतमा अनुपस्थित हुने भएका छन् ।
दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ आउन आग्रह समेत गरेका थिए । सोही अनुसार कार्कीले नेकपा (एमाले) का ३९ र काङ्ग्रेसका ८ सांसद्सहित ४७ जनाको समर्थन जुटाएर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments