कोशीमा आज मुख्यमन्त्री नियुक्ति हुँदै : आङ्बो र कार्कीमा काे बन्दैछन मुख्यमन्त्री ?
- आश्विन २६, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशले आज (शुक्रबार) नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।
प्रदेश प्रमुख खापुङले आज (शुक्रबार) मुख्यमन्त्री नियुक्त गर्दै छन् । तर उनी अन्योलमा छन्– कसलाई मुख्यमन्त्री बनाउने भनेर । प्रदेश प्रमुख खापुङले आज ५ बजेपछि मात्र निर्णय दिने उनका निजी सचिव नरेन्द्रकुमार श्रेष्ठले बताएका छन् । यसैले प्रदेश प्रमुख खापुङ यतिबेला दुई जनामध्ये कसलाई मुख्यमन्त्री बनाउनु कानुनसम्मत हुन्छ भन्ने विषयमा कानुनी परामर्शमा छन् ।
बुधबार दुई जनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै उनले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने बताएका थिए । संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवो र नेपाली कांग्रेसका केदार कार्कीले ४७/४७ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।
उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । आङ्बाले गठबन्धनको निर्णयपछि मुख्यमन्त्रीकको दावी पेस गरेका हुन् । कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० सांसद छन् । यसअघि दुईपटक मुख्यमन्त्री बने पनि एमालेका हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो ।
त्यही भएर यसपटक उपधारा ५ मा भने एमालेले कांग्रेसको एउटा पक्षलाई समर्थन गरेको छ । जसको असर केन्द्रसम्म पर्ने नेताहरू बताउँछन् । तर, सबैभन्दा पहिला बहुमत सांसदसहित दाबी पेस गरेको भन्दै आङ्बो पक्ष आफ्ना हकमा सकारात्मक निर्णय हुने अपेक्षामा छ । उता कार्की सांसद नै स्वतन्त्र हुने भएकाले उपधारा ५ अनुसार आफूले पनि दाबी गरेको जिकिर गर्छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments